कामना सेवा विकास बैंकद्वारा १६ औँ शाखारहित बैंकिङ सेवा सञ्चालन
नेपालबहस संवाददाता
असार ११, २०७९ शनिबार १७:५७:२७
११ असािर, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवापु¥याउने उद्देश्यका साथ थप नयाँस्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा असार १० गते शुक्रबारबाट कैलाली जिल्लाको जानकीगा.पा. वडा नं. ०५ को अमौरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएकाे छ ।
जानकी गा.पा. वडा नं ०५ अमौरास्थित राम चौधरी तयारी पोसाक उद्योग (प्रो. राम चौधरी) लाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएकाे छ । वडा नं. ०५का वडा अध्यक्ष भिम बहादुर चौधरीले उक्त शाखारहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेकाे बैंकले जनाएकाे छ।
कार्यक्रममा वडा नं. ०५ का अन्य जनप्रतिनिधि, व्यवसायिक प्रतिनिधि, स्थानीयहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएकाे छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बारामा एकैदिन १० फरार प्रतिवादी पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार