प्रचण्डको ट्वीटरमा अटाएनन् देउवा र ओली,अमेरिकी राष्ट्रपतिलाई भने प्राथमिकता
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १८:५२:१७
१२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल ट्वीटरमा जम्मा ८ जनालाई मात्र फलो गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि राखेका छैनन् ।
प्रचण्डले फलो गरेका ८ जनामध्ये उनकै परिवारका सदस्य छोरी, नातिनी र अमेरिकी राजनीतिक व्यक्तिहरु मात्रै छन् । उनले फलो गरेकामध्ये तीन जना परिवारका सदस्य र बाँकी ५ जना अमेरिकी राजनीतिज्ञ छन् ।
उनले छोरीहरु रेनु दाहाल र गंगा दाहाल र नातिनी सृष्टी दाहाल केसीलाई फलो गरेका छन् । यस्तै उनले फलो गरेका विदेशीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन रहेका छन् ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा, एमालेका अध्यक्ष ओली, नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा), नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कसैलाई पनि ट्वीटरमा फलो गरेका छैनन् ।
ट्वीटरमा उनको आधिकारिक ट्वीटर ह्याण्डिल ‘एटसीएमप्रचण्ड’ रहेको छ । ट्वीटरले भेरीफाइ गरेको उनले उक्त ह्याण्डिलबाट उनले आफ्नै पार्टीको कुनै एक नेतालाई पनि फलो गरेका छैनन् । यो समाचार तयार पार्दासम्म उनलाई ट्वीटरमा ३ लाख ६३ हजार ९१९ जनाले फलो गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार