पाल्पामा छ अर्ब बढीको बजेट सार्वजनिक
नेपालबहस संवाददाता
असार १३, २०७९ सोमबार १६:४५:०
१३ असार, रामपुर । पाल्पाका स्थानीय तहले आगामी वर्षको लागि रु छ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले रु छ अर्ब ४५ करोड १३ लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये आगामी आर्थिक वर्ष २०७९/०८० का लागि सबैभन्दा धेरै तानसेन नगरपालिकाले रु एक अर्ब ३९ करोड १८ लाख ९३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । तानसेन नगरले चालु खर्चतर्फ रु ७५ करोड ९३ लाख ७५ हजार ९४२ र पुँजीगततर्फ रु ६३ करोड २५ लाख १७ हजार ११२ विनियोजन गरेको छ ।
रामपुर नगरपालिकाले रु ७२ करोड ४७ लाख ९५ हजार रकम विनियोजन गरेको छ । बजेटमा वडागत बजेट रु पाँच करोड २० लाख, सशर्त कार्यक्रम रु ३५ करोड ४४ लाख, क्षेत्रगत कार्यक्रममा रु ३१ करोड ८३ लाख ९५ हजार विनियोजन गरिएको छ । गाउँपालिकातर्फ बगनासकालीले रु ५० करोड १८ लाख २३ हजार, माथागढीले रु ५७ करोड ७४ लाख ९४ हजार, निस्दीले रु ६४ करोड ९८ लाख २५ हजारको बजेट ल्याएको छ ।
पूर्वखोलाले रु ४८ करोड १७ लाख ७४ हजार, रम्भा गाउँपालिकाले रु ५० करोड २९ लाख ८३ हजार, तिनाउले रु ४८ करोड २० लाख ९१ हजार रैनादेवीछहराले रु ६३ करोड ६९ लाख २५ हजार, रिब्दीकोटले रु ५१ करोड २४ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रममा आगामी वर्षका लागि कृषि, पशुपालन, सडक स्तरोन्नति, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार निर्माण, महिला सशक्तीकरणलगायतका विषयलाई पालिकाले प्राथमिकतामा राखेका छन् । सामाजिक सुरक्षा भत्ता, महिला, दलित र विपन्न वर्गका लागि विशेष जोड दिएका छन् । पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम थप भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार