किन अवरुद्ध भयो तपाइको गला, माननीय रामकुमारी झाँक्रीज्यू ?
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार १९:४१:८
१४ असार, काठमाडौं । तपाईको आँसुको आशय के थियो ? संयोगले वा नियतवश पत्रिकाले तपाईको अनुहार छाप्यो । तपाईं परिचित हुनुभयो । आन्दोलनकारी लाखौँ थिए । तिनको योगदान तपाइको भन्दा हजारौँ गुणा बढी थियो ।
मौकामा हान्न जान्ने तपाईं मन्त्री हुनुभयो । तपाइभन्दा योग्य र त्यागी लाखौँ अरू पनि त छ्न् । तिनीहरू तपाईं मन्त्री हुँदा कोही रोएनन् । तपाईं मन्त्री हुँदा कतै शोकसभा राखेको खबर छापिएन । तपाइबिरुद्ध नाराजुलुस लागेको दृश्य पनि टिभी देखाइएन ।
तातो मायाको अन्त्य पनि चाँडो र चिसो हुन्छ । यो तपाइलाई भन्दा बढ्ता अनुभव मलगायत धेरै युवामा छ । हतारको यात्रामा हिँडेकाहरूमध्ये तपाईं पनि एक हुनुहुन्छ । अब तपाइलाई राजतन्त्रविरोधी आन्दोलनतर्फ फर्काउँछु ।
त्यतिबेला म १७ वर्षको थिएँ । भर्खर विद्यार्थी राजनीतिमा जोडिएको थिएँ । आन्दोलनको भिडमा म पनि राजतन्त्रिवरोधी नारा घन्काइरहेका थिए । शिरमा पट्टी बाँधेर राजतन्त्रको पतनका लागि आन्दोलनरत हजारौँको भीडबाट ढुंगामुढा गर्ने दशौँ हजार आन्दोलनकारीमा तपाइलाई नै किन देख्यो क्यामेराले ? यसको जवाफ तपाईसँग छैन होला पनि ।
राजतन्त्रको अन्त्यका लागि लड्ने हजारौँ योद्धा बलिदानी अनि सहिदको रगतको बलमा तपाईं मन्त्री हुनुभएको हो । तपाइलाई याद छ कि सम्झाउनुपर्छ ?
१८३१ सालदेखिको राजतन्त्र ढल्यो । राजगद्दी त्याग्दा राजपरिवारका कुनै सदस्यको आँखामा आँसु देखिएन र देखाइएन । कसैको गला अवरुद्ध भएको सुनिएन । राष्ट्रका नाममा सम्बोधन गरिरहेका ज्ञानेन्द्रको गलामा कम्पन, अनुहारमा भग्नावशेष, ग्लानि, कुन्ठा आदि झल्किएको थिएन ।
जनताको नासो जनतामा …. भनिरहँदा ज्ञानेन्द्र न बेहोस भए न त उनले मानसिक सन्तुलन गुमाए । सत्ताबाट लखेटिनुपर्दा उनी हतास पनि देखिएनन । सम्झनुस् त हजारौँ योग्य, क्रान्तिकारी, सक्षमहरूलाई पछि पारेर तपाईं मन्त्री हुनुभएको थियो । त्यो बेलाको विजयी मुस्कान आजसम्म सम्झन्छु तपाइको ।
माननीय रामकुमारी झाक्रीज्यू,
तपाईभन्दा लाखौँ योग्य र त्यागी सत्ताबाहिर आफ्नो त्यो एकदिनको पर्खाइमा छन् । देश परिवर्तनका पक्षमा, रूपान्तरणका पक्षमा क्रान्ति गर्नेलाई भावुक हुने अधिकार छ ? ढंगले एउटा विषयमा सही तरिकाले काम गर्न नजान्ने, बोल्न नजान्ने तपाईं सहरी विकासमन्त्री हुनु मात्र संयोग थियो ।
योग्यता, क्षमता र राजनीतिक योगदानमा तात्विक भिन्नता छन् । फरक कुरा हुन् । अँ, तपाईं किन रुनुभयो ? किन अवरुद्ध भयो तपाईको गला ? कि राजतन्त्रलाई सम्झनुभयो ? कि पुरानो पार्टी एमालेलाई सम्झनुभयो ? कि आफ्नै नजरबाट झरेको महसुस भयो र झार्नुभयो आँसुलाई पश्चातापले ?
राज्यको सर्वांगीण विकास र समग्र रूपन्तरणका लागि जीवन उत्सर्ग गर्ने योद्धा, क्रान्तिकारी वा त्यागीलाई दुख्यो त्यसैले रोएँ भन्ने अधिकार हुन्न ! नत्र, गुमाएका सबैको भर्पाइ दिन तयार हुनुहोस् । दुर्गाप्रसाद खनाल
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार