आम मानिस शहर केन्द्रित हुँदा रुकुममा धान खेती घट्याे
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार २०:५५:४४
१४ असार, रुकुम(पूर्व) । रुकुम(पूर्व) मा धान खेती घट्दै गएको छ । पहिलेको तुलनामा पछिल्ला केही वर्षमा यस जिल्लामा धानखेती घटेको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम(पूर्व) ले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ भन्दा अघि जिल्लाको ५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको थियो ।
कार्यालयका कृषि अधिकृत थलबहादुर बस्नेतका अनुसार पाँच वर्ष अघिसम्मको जिल्लाको तथ्याङ्कमा धान खेती भइरहेको क्षेत्रफल पाँच हजार ३७ दशमलव २८ हेक्टर थियो ।
अहिले जम्मा एक हजार ४१९ दशमलव ४२ हेक्टर क्षेत्रफलमा धान खेती भइरहेको कृषि अधिकृत बस्नेतले बताए। पहिले जिल्लाको तीन वटै पालिकाको विभिन्न ठाउँमा हुने धानखेती अहिले दुई वटा पालिकामा मात्र सीमित रहेको छ ।
विगत केही वर्षयता पुथा उत्तरगङ्गा गाउँपालिकामा धानखेती हुन छोडेको छ । भूमे गाउँपालिकाको ३ नम्बर वडा सीमाको थोरै क्षेत्रमा मात्र धानखेती हुने गरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम(पूर्व) ले जनाएको छ ।
सिस्ने गाउँपालिको भने ३, ४, ५, ६, ७ र ८ नं वडामा धानखेती हुँदै आइरहेको छ । यी ठाउँको खेतमा पनि पहिलेको जस्तो धानखेती भने हुँदैन् । विस्तारै प्रायःमानिसले खेतलाई बाँझो छोड्दै गएका छन् ।
धानखेती हुने खेतमा अहिले मानिसले मकै रोपेका छन् भने नदी किनाराका खेत बगरमा परिणत भएका छन् । कतिपयले धानको ठाउँमा तरकारी खेती पनि गर्दै आएका छन् ।
जिल्लामा पहिलेको जस्तो धान खेती नहुँनु, सिँचाइ सुविधा नहुनु, युवाहरु कृषिमा आकर्षित नहुनु, वैदेशिक रोजगार र आम मानिस शहर केन्द्रित हुनुले पनि धानखेतीमा कमी आएको कृषि कार्यालयका कृषि अधिकृत बस्नेतले बताए । धान मात्र नभएर अन्यखेती प्रणालीमा पनि कमी आउँदै गएको उनको भनाइ छ ।
रुकुम(पूर्व) मा सावित्री, सुख्खा, स्थानीय र हाइब्रिड जातको धान खेती गरिँदै आइएको छ । रुकुम ‘पूर्व’को कूल खेतीयोग्य जमिन २० हजार २६५ हेक्टर क्षेत्रफल रहेको छ भने खेती भइरहेको जमिनको क्षेत्रफल १६ हजार ३७० हेक्टर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार