हाजिर बिनै कर्मचारीको खातामा तलब
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार २३:३०:५१
♦ खड्क सुनार
१४ असार, मुगु । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोष्टमा कार्यरत कर्मचारीहरूले गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् । गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यसअन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षार्थका लागी स्थापन गरिएका पोष्टका कर्मचारीलाई बिनाहाजिर तलब खुलाइएको हो ।
निकुञ्ज कार्यालयले गत चैत सकिएलगत्तै निकुञ्ज कार्यालयको स्टोर तथा जिन्सी शाखाले नयाँ हाजिरी फाइलको व्यवस्था गरी र मातहतका सबै पोष्टमा पठाई सक्नु पर्ने भए पनि तीन महिना बित्न लाग्दासमेत हाजिरी फाइलको व्यवस्था गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीहरूको खातामा हाजिरी नगरी तलब जम्मा गरिदिएको हो ।
मासिक हाजिरी प्रतिलिपी उतार गरी सम्बन्धित् कार्यालयको प्रशासन शाखामार्फत कार्यालय प्रमुखले प्रमाणित गरि लेखा शाखाले कार्यरत कर्मचारीहरूको हाजिरीअनुसार सम्बन्धित कर्मचारीको खातामा पाउनुपर्ने मासिक पारिश्रमिक तथा अन्य सुविधाको रकम जम्मा गरिदिनुपर्ने प्रावधान छ । तर, रारा राष्ट्रिय निकुञ्जले हाजिरी बिनानै जेठसम्मको तलब कर्मचारीहरूलाई खुवाएको हो ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालय र मातहतका ६ वटा पोष्टमा ५५ जना कर्मचारी कार्यरत छन् । उनीहरूले हालसम्म गत वैशाखदेखि हाजिर गर्न पाएका छैनन् ।
कार्यलय संरक्षण अधिकृत बद्रीविनोद दाहालका अनुसार एक हप्ता अगाडि हाजिर रजिष्ट्रर पठाइएको छ । मंगलबार ‘आज’सम्ममा ती हाजिर रजिष्ट्रर सम्बन्धित कार्यालयमा पग्ने उनको दाबी छ ।
हाजिरी उतारको प्रतिलीपी बिनै कर्मचारीको खातामा रकम जम्मा गर्न सम्बन्धित निकायबाट तोक भएअनुसार आफूले रकम जम्मा गरेको लेखापाल नरबहादुर डाँगीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार