भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक
नेपालबहस संवाददाता
असार १७, २०७९ शुक्रबार २०:२४:४६
♦ सुदिप पौडेल
१७ असार, काठमाडौं । लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो ।
२०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्ड अध्यक्ष बनाउन आग्रह गरे। ओलीले हेरौँला भन्ने जवाफ दिए । भुवन केसी एमालेमा माधव नेपालनिकट भएकाले पनि ओलीले उनीप्रति खासै चासो देखाएनन् । त्यसपछि विरक्तिएका भुवन बोर्ड अध्यक्ष बन्ने सर्तमा कांग्रेस प्रवेश गरे । बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा प्रवेश गराए ।
गत २३ जेठ दयाराम दाहाल दुई वर्षे कार्यकाल पूरा गरी हटेपछि विकास बोर्ड अध्यक्ष खाली भएपछि ५ असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । २० असारभित्र दरखास्त बुझाइसक्नुपर्ने छ । तर, भुवनले शुक्रबार दरखास्त हाल्ने तयारी गरेका छन् ।
विकास बोर्डको अध्यक्ष बन्नका लागि ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड छ । तर, भुवन गत असोजदेखि ६५ पूरा भई ६६ वर्षमा प्रवेश गरेका छन् । विकिपिडियामा उनको जन्ममिति फरक फरक देखिन्छ, २०१३ असोज २ र २०१४ असार १६ गते उल्लेख छ । तर, उनले आफ्नो जन्मदिन असोज २ गते मनाउने गरेकाले २०१३ सालमै जन्मिएको अनुमान लगाउन सकिन्छ ।
आफ्नो उमेर कट्ने भएपछि भुवन केसी केही दिनअघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । उनले यो आफ्नो राजनीतिक नियुक्ति हुने भएकाले सहयोग गर्न प्रचण्ड आग्रह गरे ।
सञ्चार मन्त्रालयले मागेका दरखास्त आह्वानको विज्ञापनमा शैक्षिक योग्यता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको वा सम्बन्धित् क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव भएको हुनुपर्ने उल्लेख छ । सोहीअनुसार भुवनले केही दिनअघि रत्नराज्य क्याम्पसबाट प्रमाणपत्र तहको क्यारेक्टर सर्टिफिकेट निकालेका थिए ।
सरकारी बोर्ड वा संस्थानको कार्यकारी पदका लागि स्नातक तह उत्तीर्ण अनिवार्य मानिन्छ । तर, भुवनका लागि सञ्चार मन्त्रालयले मापदण्ड संशोधन गरेकाले यो नियुक्ति खारेज गर्न सर्वोच्च अदालतमा निवेदन दिने केही चलचित्रकर्मीले तयारी गरेका छन् । हालै नेपाल आयल निगमको सञ्चालक समिति सदस्य स्नातक तह उत्तीर्ण नभएको व्यक्ति नियुक्त भएपछि परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको नियुक्ति खारेज गरेको नजिर छ ।
भुवन केसी आफैंमा विवादित पात्र हुन् । उनले दुईवटा विवाह गरे, तर दुवै असफल भए । जेठी श्रीमती विजया केसी र उनबाट जन्मिएका सन्तान विवेक केसी र काजल केसी अमेरिकामा छन् ।
कान्छी श्रीमती सुस्मिताले पनि भुवनसँग सम्बन्धविच्छेद गरिसकेकी छन् । अहिले उनी अभिनेत्री जिया केसीसँग लिभिङ टुगेदरमा छन् । बेलाबेलामा महिलासँग नाम जोडेर चर्चामा आउने भुवनविरुद्ध अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको यौन दुर्व्यवहारको मुद्दामा अदालतमा विचाराधीन छ । भुवनविरुद्ध तीन महिलाले ‘मि टू’ प्रकरण बाहिर ल्याउने तयारी गरेको नाम उल्लेख नगर्ने सर्तमा एक चलचित्रकर्मीले बताए । यिनै विविध कारणले पनि भुवनले विकास बोर्ड अध्यक्षका लागि अन्तिमतिर दरखास्त हाल्ने तयारी गरेका हुन् ।
विकास बोर्ड अध्यक्षका लागि अहिलेसम्म सम्झना उप्रेती रौनियार, अरुण प्रधान, सुशील पोखरेलले दरखास्त हालेका छन् । आजै निर्माता निर्देशक नरेश पौडेलले पनि दरखास्त दिने तयारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार