महोत्तरीमा पत्रकारसम्बद्ध संस्थामा नयाँ नेतृत्व
नेपालबहस संवाददाता
असार १९, २०७९ आइतबार १७:३५:२५
१९ असार, महोत्तरी । महोत्तरीमा पत्रकारसम्बद्ध संस्थामा नयाँ नेतृत्व स्थापित हुने क्रम छ । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको कार्यवाहक अध्यक्षले पदबहाली गरेलगत्तै बर्दिबास नगर पत्रकार सञ्जाल (महोत्तरी)को नेतृत्व पनि फेरिएको हो ।
महासंघ महोत्तरी शाखाका उपाध्यक्ष हेमकुमारी बराल (सुनिता)ले शुक्रबार कार्यवाहक अध्यक्षको पदबहाली गरेका थिए । शनिबार सञ्जालको अध्यक्षको जिम्मेवारी २५ वर्षीय युवा पत्रकार ललनकुमार मण्डलले सम्हलेका छन् ।
उनले महासंघ महोत्तरी शाखाको कार्यसमिति सदस्य पनि भए । महासंघको जिम्मेवारीबाट राजीनामा नगरी अध्यक्ष कमलेश मण्डलले गत स्थानीय तह निर्वाचनमा जिल्लाको मटिहानी नगरपालिकाको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)बाट प्रतिस्पर्धा गरेका थिए ।
महासंघ केन्द्रीय समितिले स्थानीय तह चुनावमा उम्मेदवार भएका हुन । मण्डललाई पदमुक्त गरी खुला उपाध्यक्ष बराललाई कार्यवाहक अध्यक्ष तोकेपछि शुक्रबार उनले पदबहाली गरेका छन् ।
त्यसैगरी सञ्जालका अध्यक्ष विक्रमप्रसाद रौनियारले समय दिन नसकेको असमर्थता जनाई दिए राजीनामा शनिबार सम्पन्न सञ्जालको वार्षिक साधारणसभाले स्वीकृत गरी मण्डललाई उक्त जिम्मेवारी दिएको हो ।
उनलाई शनिबार नै निवर्तमान अध्यक्ष रौनियारले पद हस्तान्तरण गरे । महासङ्घ महोत्तरी शाखामा जिल्लाका कार्यरत ४१ र सञ्जालमा बर्दिबास नगर क्षेत्रमा क्रियाशील ११ जना पत्रकार आबद्ध छन् ।
जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । यीमध्ये पत्रकार हकहित र पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ बर्दिबास र गौशाला नगरपालिकामा सञ्जाल दर्ता भई सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोदाममा मल हुँदा पनि किसानले पाउँदैनन्
माघ ९, २०८१ बुधबार
एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार