अक्षय कुमारको ‘गोरखा’ रोकियो
नेपालबहस संवाददाता
असार १९, २०७९ आइतबार १८:२४:४९
१९ असार, मुम्बई । कोरोना भाइरसको समय अक्षय कुमार एक्ला यस्ता अभिनेता थिए, जसले दर्शक र बक्स अफिस दुवैमा राज गरेका यिए । अक्षयको फिल्मले ओटीटी र बक्स अफिस दुवैमा धमाल मच्चाएको थियो । तर कोरोना भाइरस महामारीको रफ्तार कम हुँदै गएपछि अक्षयको फिल्मको कमाईको धार पनि कम हुँदै गयो ।
अक्षयको दुई ठूला बजेटका फिल्म ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भए । अहिले सबैको ध्यान उनको नयाँ फिल्म ‘रक्षाबन्धन’ तिर छ । यसका निर्देशक आनन्द एल रोय हुन् । व्यापार विश्लेषकले यो फिल्म सफल भएमा मात्र अक्षयको करियरले नयाँ गति लिने दाबी गरिरहेका छन् ।
‘बच्च्न पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ फ्लप भएपछि उनको नयाँ फिल्म ‘गोरखा’ आगामी वर्षसम्मका लागि रोकिएको छ । यो फिल्मका निर्माताले फिल्म बनाउने कामलाई अहिले सुस्त बनाएका छन् । यस हिसाबले फिल्मको काम यसै वर्षको अन्त्य अथवा आगामी वर्षको मध्यसम्म सुरु हुनेछ ।
फिल्म ‘गोरखा’को निर्माणका लागि कैयौं मन्त्रालयको अनुमति चाहिन्छ, त्यसपछि मात्र फिल्म फ्लोरमा जानेछ । यसका लागि निर्माताले भारत सरकारको अलग(अलग संस्थासँग अनुमति लिने योजना बनाइरहेका छन् ।
फिल्म ‘गोरखा’का निर्माताहरु अक्षयको दुई फिल्म फ्लप भएपछि आफ्नो फिल्मको अवस्था के हुने हो भन्नेमा चिन्तित छन् । त्यसकारण उनीहरुले तत्कालका लागि फिल्मको काम रोक्ने निर्णयमा पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार