विनोद शाही मृत्यु प्रकरणमा मेयर चलाउनेसहित सात जना पक्राउ
नेपालबहस संवाददाता
असार १९, २०७९ आइतबार २३:५४:१२
१९ असार, अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत्यु प्रकरणमा मेयर अम्बिका चलाउनेसहित सातजना पक्राउ परेका छन्। विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन्।
यसअघि पाँच जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख नारायण डाँगीले जानकारी दिए । उनका अनुसार शनिबार पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन्।
चलाउने कांग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकाका निर्वाचित मेयर हुन्। अछाम प्रहरीले केही दिनमै अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
विनोद २१ जेठ बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए। उनको हत्या गरिएको भन्दै परिवारले मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमती बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। किटानी जाहेरी दर्ता भएका मध्ये ६ जना अझै फरार छन्।
यस्तै उक्त घटनाको विरोधमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र विप्लव नेतृत्वको नेकपाले अछाममा आइतबार र सोमबार सवारीसाधन बन्द गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार