विनोद शाही मृत्यु प्रकरण : न्याय माग गर्दै अदालत पुगेका पीडित पक्षमाथि अश्रुग्यास प्रहार
नेपालबहस संवाददाता
असार २०, २०७९ सोमबार २०:३१:२३
२० असार, अछाम । अछामको जिल्ला अदालतमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका- ४ का किशोर विनोद शाही मृत्यु प्रकरणमा न्याय माग गर्दै अदालत पुगेका स्थानीय तथा पीडित पक्षमाथि अश्रुग्यास प्रहार गरिएको हो। अदालतमै पुगेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको बताइएको छ।
मृतक शाहीका आफन्त तथा स्थानीय सरकारी वकिलले मुद्दा अदालतसम्म नपुर्याउन दबाब दिएको भन्दै अदालतमै पुगेका थिए। जिल्ला सरकारी वकिलको कार्यालय अछामका सरकारी वकिल, सहायक जिल्ला न्यायाधिवक्ता कौशल प्रसाद ढुङ्गानाले मृतकका आफन्तलाई कार्यालयमै बोलाएर मुद्दालाई अदालतसम्म नलैजान दबाब दिंदै आफ्नो रायअनुसार अघि बढ्दा हितकर हुने बताएको पीडित पक्षको भनाइ छ।
तर, सरकारी वकिल कौशल ढुङ्गानाले भने पीडित पक्षले लगाएका सबै आरोप अस्वीकार गरेका छन्। विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए।
उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। मेयर चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका छन्। किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
बैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार