ट्रमा सेन्टरमा २४ सै घण्टा विशेषज्ञ सेवा
नेपालबहस संवाददाता
असार २०, २०७९ सोमबार २०:५५:२
२० असार, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले २४ सै घण्टा बिरामीलाई विशेषज्ञसहिताको सुविधा उपलब्ध गराउने भएको छ । आगामी साउनदेखि बिरामीलाई २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जानकारी दिए । “हामीसँग धेरै विशेषज्ञ चिकित्सक छन्”, उनले भने, “आफ्नै आन्तरिक स्रोतबाट ती विशेषज्ञ चिकित्सकबाट २४ सै घण्टा बिरामीलाई उपचार गर्दछौँ ।”
अस्पतालमा अहिले १०० भन्दाबढी विशेषज्ञ चिकित्सक छन् । ती चिकित्सकलाई पालैपिलो ड्युटीको समय मिलाइनेछ । यस्तै उक्त सेन्टरले अब आफै बिरामी र कुरुवालाई खानाको व्यवस्था गर्ने भएको छ । यसअघि वीर अस्पतालबाट बिरामी र कुरुवाका लागि खानाको व्यवस्था गरिँदै आइएकामा अबदेखि सेन्टरबाट नै खानाको व्यवस्था गर्न थालिएको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद जोशीले बताए ।
उहाँका अनुसार सेन्टरमा दैनिक १५० बिरामीलाई दुई छाक र तिनका कुरुवालाई एक छाक खाना उपलब्ध गराइनेछ । यस्तै सेन्टर अप्रेशन थिएटर र फार्मेसी पनि सञ्चालनको तयारीमा छ । शल्यक्रिया गर्न बिरामीलाई सजिलो होस् भनेर शल्यक्रिया कक्ष नजिक नै सेन्टरले अप्रेशन थिएटर र फार्मेसी सञ्चालन गर्न थालेको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा जोशीले जानकारी दिए । डा जोशी हालै ट्रमा सेन्टरबाट धनगढीस्थित गेटा मेडिकल कलेजमा निर्देशकरुपमा सरुवा हुनुभएको छ ।
‘ओरल म्याक्सिलो फेसियल सर्जन’ सेवा
यस्तै सेन्टरले ‘ओरल म्याक्सिलो फेसियल सर्जन’ सेवा पनि सुरुआत गरेको छ । दाँतको माथिल्लो र तल्लो भागको शल्यक्रिया गरेर उपचार गर्नका लागि यस्तो सुरु गरिएको उहाँले जानकारी दिए । दाँतमा धेरैजसो अग्लो ठाउँबाट खसेर यस्तो समस्या आउने गर्दछ । उक्त सेवाका लागि दुई विशेषज्ञ दन्त चिकित्सकको टोली रहेको छ ।
यसैगरी अस्पतालले ‘वन स्टेप क्राइसिस म्यानेजमेन्ट’ सेवा पनि सुरु गरेको छ । बिरामीको उपचारदेखि पुनःस्थापनासम्मका लागि सेन्टरले उक्त सेवा सुरु गरेको हो । विसं २०७१ देखि सञ्चालनमा आएको ट्रमा सेन्टरमा दैनिक ४५० बिरामी उपचारका लागि आउने गर्दछन् । घाइतेको उपचार गर्नका लागि स्थापना गरिएको सेन्टरमा २०० शय्या, ११ सघन उपचार कक्ष (आइसियु), ३२ आकस्मिक शय्या रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा
कात्तिक १६, २०८१ शुक्रबार
बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह
कात्तिक ११, २०८१ आइतबार
थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार