बाँकेमा सिकलसेल र थालसेमिया उच्च प्राथमिकतामा
नेपालबहस संवाददाता
असार २०, २०७९ सोमबार २१:९:१२
♦युवराज पाण्डे
नेपालगञ्ज, २० असार । बाँकेका तीन स्थानीय तहले सिकलसेल एनिमिया र थालसेमियालाई उच्च प्राथमिकता दिँदै ठूलो परिमाणमा बजेट विनियोजन गरेका छन् । जिल्लाका तीन स्थानीय तहले आर्थिक वर्ष २०७९÷८० का लागि रु एक करोड २० लाख विनियोजन गरेका छन् । उक्त रकममध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाले रु एक करोड र सबैभन्दा कम वैजनाथ नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको हो । राप्ती सोनारी गाउँपालिकाले भने रु १५ लाख छुट्याएको छ ।
थारु समुदायमा फैलिँदो सिकलसेल र थालसेमियाले विकरालरूप लिएको र उनीहरुको स्वास्थ्य अवस्थादेखि आर्थिक अवस्थासमेत कमजोर भएकाले यसलाई उच्च प्राथमिकतामा राखिएको स्थानीय सरकारले बताएका हुन् । स्थानीय सरकारको नीति तथा कार्यक्रमदेखि बजेटसम्म सिकलसेल र थालसेमियालाई उच्च प्राथमिकता दिइएकाले उनीहरुको स्वास्थ्य अवस्थाप्रति स्थानीय सरकारको चासो देखिएको हो ।
खासगरी जिल्लाको कोहलपुर नगरपालिका, वैजनाथ गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा सो रोगलाई उच्च प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको छ । उक्त रोगका कारण थारु समुदाय वर्षौंदेखि निजी अस्पतालमा भौतारिँदा पनि बिरामी निको नहुनाका साथै ठूलो रकम खर्च गर्न बाध्य हुँदै आएका छन् । सरकारले सिकलसेल र एनिमियाका बिरामीलाई रु एक लाखसम्म निःशुल्क उपचार गर्ने नीति ल्याए पनि लक्षित समुदायसँग पुग्न नसक्दा उपचार पद्धतिबारे बिरामी अनविज्ञ देखिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत धीरजंग शाहले अहिले गाउँगाउमा पुगेर जानकारी गराउन थालिएपछि सरकारले उपचार गर्दोरहेछ भन्ने कुरा थाहा पाउन थालेका र गाउँगाउमा शिविर पनि संचालन भइरहेको बताए । तीन स्थानीय तहमा रहेका ९० प्रतिशत थारु सुमदायलाई लक्ष गरेर कार्यक्रम संचालन गरिएको जानकारी दिँदै उनले कोहलपुरमा दुई वर्षदेखि सिकलसेल र थालसेमियाको स्क्रीनिङ गरिएको उल्लेख गरे ।
अधिकृत शाहले जिल्लाका सबै पालिकामा त्यसको खोजी नभएको जनाउदै अझै निश्चित सङ्ख्यामा बिरामी आउन नसकेको उल्लेख गरे । वैजनाथ गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले गाउँपालिकाका आठ वडामध्ये सबैभन्दा वढी ७ र ८ मा थारु समुदायको बाहुल्य रहेको उल्लेख गर्दै गत वर्ष पनि रु पाँच लाख बजेट छुट्याइएकोे जानकारी दिए ।
उनले वैजनाथमा नै स्क्रीनिङ कार्य नभएकाले कति बिरामी छन् भन्ने निश्चित नभएको उल्लेख गर्दै सबै बिरामी भेरी अस्पताल र नेपालगंजमा जाने गरेको बताए । कोहलपुर नगरपालिकाका सिकलसेल प्रमुख शिव गौतमले नगरपालिकामा अहिलेसम्म ४३ सिकलसेल र १८ थालसेमियाका बिरामी रहेको जानकारी दिए । उनले सिकलसेलका ७९४ बाहक र थालसेमियाका लक्षण देखिएका १४६ जना भएको बताए । पन्ध्र वडा रहेका नगरपालिकाको ६ र ७ मा सबैभन्दा बढी सिकलसेल र थालसेमियाका बिरामी छन् ।
राप्ती सोनारी गाउँपालिकामा अहिलेसम्म २३ जना सिकलसेल एनिमियाका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालयले राप्तीसोनारीमा आयोजना गरेको स्क्रीनिङ शिविरमा ५७२ को रगतको नमूना जाँच गर्दा ९६ सिकलसेल तथा थालसिमियाका बिरामी तथा बाहक फेला परेका थिए । तीमध्ये ५८ सिकलसेल बाहक भेटिएका थिए । त्यस्तै बिटाथालसेमिया बाहक ३३ फेला परेका थिए । अहिले रोग नदेखिए पनि तिनबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ । अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको हो । सिकलसेल र थालसेमियाको स्क्रीनिङ कार्य जारी रहेकाले सो रोगका बिरामी अझै बढ्ने अनुमान गरिएको स्थानीय तहले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी
मंसिर १८, २०८१ मंगलबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने
मंसिर १८, २०८१ मंगलबार
मंसिर २३ गते मधेश प्रदेशमा सार्वजनिक बिदा
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
आज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार