विनोद शाही मृत्यु प्रकरण : गठबन्धनको आन्दोलन जारी, मंगलसेनमा निषेधित क्षेत्र घोषणा
नेपालबहस संवाददाता
असार २१, २०७९ मंगलबार १६:४५:०
२१ असार, अछाम । विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ। जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालय, बैरागी धारा बस काउन्टर, मंलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न र नगराउन भनिएको छ । यस्तै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न र निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारवाही हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ।
मृतक विनोद शाहीको न्यायको लागि भन्दै सोमबार ५ दलिय गठबन्धनले गरेको आन्दोलनले उग्र रुप लिदा १३ सुरक्षाकर्मी घाइते भएका थिए । जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका १६ बर्षीय किशोर विनोद शाही २२ गते गाउँ नजिकैको भिरमा मृत भेटिएका थिए ।
हत्या भएको भन्दै परिवारले दिएको किटानी जाहेरीका आधारमा पञ्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेसहित ७ जनालाई प्रहरीले प्रकाउ गरि अनुसन्धान गरिरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार