बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा
नेपालबहस संवाददाता
असार २१, २०७९ बुधबार ०:१३:३६
२१ असार, बैतडी । बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले विपद् प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बैठकले मनसुनको प्रभाव बढ्दै गएका बेला विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडकहरू अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजार संचालन गर्नेको फोन नम्बरसहितको सूची जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा उपलब्ध गराउने निर्णय भएको छ ।
यस्तै गएको कात्तिकमा अविरल वर्षाका कारण बालीनालीमा क्षति बेहोरेका परिवारलाई कृषि ज्ञान केन्द्र र भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ । सिगास गाउँपालिकाले आफ्नो पालिका क्षेत्रमा विपद् जोखिमको सर्भे गरेको तथ्यांकलाई पुनः रुजु गरी असार २१ गतेभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ ।
यस्तै प्रत्येक महिना जिल्लाका स्थानीय तह समन्वय बैठक गर्ने निर्णयसमेत भएको जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले जनाएको छ । यसका साथै विपद्बाट घरवारविहीन हुनसक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहरुले आश्रयस्थलको व्यवस्थापन गर्ने र त्यसको विवरण जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई उपलब्ध गराउने निर्णय भएको छ ।
जिल्लामा हुनसक्ने सम्भावित विपद्बाट प्रभावित हुनसक्ने परिवार र घरधुरीलाई मध्यनजर गरेर आ–आफ्ना तहमा रहेका अस्थायी आश्रयस्थल पहिचान गरी जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा पठाउन भनिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सहज होस् भनेर यस्तो निर्णय गरिएको हो । स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने भएकाले त्यस्ता क्षेत्रको पहिचान गर्न भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार