एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार १६:४५:३३
२४ असार, वालिङ । स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल को–अपरेशन फर डेभलपमेन्टको समन्वय तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीको पहलमा वालिङ नगरपालिकाका सामुदायिक विद्यालयका बालसिकाइ कक्षादेखि ८ कक्षासम्मका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
फाउण्डेशनले वालिङ नगरपालिकाभित्रका अतिविपन्न समुदायका बालबालिकाको शैक्षिक गुणस्तरमा सहयोग पु-याउने उद्देश्यसहित स्कुल ब्याग, स्टेशनरी र हाइजिन किट्स वितरण गरेको कार्यक्रम संयोजक सुरेश प्याकुरेलले बताए ।
वालिङ नगरपालिकाभित्रका अतिविपन्न बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालय छनोट गरी शैक्षिक सामग्री हस्तान्तरण गरिएको उनले बताए । एघार विद्यालयका बालसिकाइ कक्षादेखि ८ सम्मका छात्र ६७० र छात्रा ५८९ गरी कूल एक हजार २५९ छन् ।
वालिङ–१४ को दाङ्से आधारभूत विद्यालयका २९, हिमशिखर आधारभूत विद्यालयका ६३ र जनहित माध्यमिक विद्यालयका १३३, वालिङ–११ को टापुभञ्ज्याङ राष्ट्रिय माध्यमिक विद्यालयका १८० र मुटुभञ्ज्याङ आधारभूत विद्यालयका ३१, वडा नं १३ को चिसापानी आधारभूत विद्यालयका ३६, वालिङ–१० को कालिका आधारभूत विद्यालयका ५२, वालिङ–९ को भुम्रे माध्यमिक विद्यालयका २५३, वालिङ–८ को तेजप्रगति आधारभूत विद्यालयका ५७, वालिङ–६ को राष्ट्रिय माध्यमिक विद्यालयका २३८ र वालिङ–५ को महेन्द्र माध्यमिक विद्यालयका १८७ जनालाई शैक्षिक सामग्री वितरण गरिएको उनले जानकारी दिए ।
शैक्षिक सामग्री प्राप्त भएसँगै स–साना बालबालिकामा अध्ययन गर्ने बानीको विकास तथा थप ऊर्जा मिल्ने महिला नेतृ तिवारीको भनाइ छ । “शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई एउटा अभियानकैरूपमा विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन गछौँ”, उनले भने, “यसले आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययनमा पछाडि परेका बालबालिकालाई केही हदसम्म सहयोग पुग्ने छ ।
” सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तिको पहलमा चाइना फाउण्डेशनसहितका सङ्घसंस्थाले विद्यालयका बालबालिकालाई स्कुल ब्यागसहितका सामग्री प्राप्त भएको भुम्रे माविका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार