टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार १७:१:२६
२४ असार, टीकापुर । कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । हालै यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गरेका हुन् ।
सो अवसरमा उद्योग पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामीले कैलालीमा टीकापुर, भजनी, गौरीगंगा पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको जनाउँदै दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका कामको सरहाना गरे ।
“समयमै १५ देखि २३ महिनासम्मका बालबालिकालाई सबै खोप लगाउन पालिकाले गरेको कार्यले आज पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ”,उनले भने, “आउँदा दिनमा पनि निरन्तरता दिनुहोला । स्वास्थ्यमा पालिकाले गरेका कार्यले अन्य पालिकालाई पनि प्रेरणा मिल्नेछ ।” मन्त्री धामीले पूर्णखोप घोषणालगायतका कार्यका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. निमेश खतिवडाले टीकापुरले अब कोभिड–१९ खोप पनि सबैलाई समयमै लगाएर चाँडै पूर्णखोप घोषणा गर्नेमा आशावादी रहेको बताए । टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले टीकापुरका नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि टीकापुर अस्पतालले पालिकाहरूसँग समन्वय गरेर सेवा दिइरहेको बताए ।
“हामीकहाँ सातामा दुई दिन खोप कार्यक्रम संचालन हुन्छ, अस्पतालमा खोप सेवा लिनेको संख्यासमेत धेरै छ”, उनले भने, “सहज सेवाका लागि काम गरिरहेका छौँ ।” कार्यक्रममा पूर्णखोप कार्यक्रममा सघाउने वडाध्यक्षहरू, स्वास्थ्य प्रमुख, कर्मचारी, खोप कार्यकर्तालाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय, संकटमा परे मुख्यमन्त्री सोडारी
असार २०, २०८१ बिहिबार
महाकाली नदीमा बगेर मजदुर बेपत्ता
असार १६, २०८१ आइतबार
भागबण्डा मिलाउन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले फुटाए ४ मन्त्रालय
असार १६, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार