म्याग्दीको दिच्याम र दुखुमा स्वास्थ्य एकाइ
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार १७:३३:२८
२४ असार, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ ।
भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन समस्या भएपछि दिच्याम र दुखुवासीका लागि मालिका गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको हो ।
मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बिहीबार एकै दिन सञ्चालन भएका दुईटै एकाइमा स्वास्थ्य सहायक र कार्यालय सहयोगी नियुक्त गरिएको जानकारी दिए ।
“स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा एकाइबाट उपलब्ध हुन्छ”, उनले भने, “एकाइ सञ्चालन भएपछि सामान्य बिरामी हुँदासमेत दुईदेखि तीन घण्टा पैदल हिँडेर दरवाङ पुग्नुपर्ने समस्या हटेको छ ।”
खोपसम्बन्धी सेवा पनि एकाइबाटै उपलब्ध हुनेछ । दिच्याममा १३७ र दुखुमा १०२ परिवारको बसोबास छ । गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् । सामुदायिक भवनको कोठामा एकाइ सञ्चालन गरिएको छ ।
यसअघि दुखु र दिच्यामका बासिन्दा सामान्य बिरामी पर्दा पनि सिटामोलका लागि दरवाङ पुग्ने गरेका थिए । मालिका गाउँपालिकाको वडा नं ३ डाडागाउँ र पात्लेमा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार