दुई सातादेखि हाकिम घर बिदामा, राहदानी र सिफारिसका काम ठप्प
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार १८:२२:२
♦ खड्क सुनार
२४ असार, मुगु । मुगुको चारवटा गाउँपालिकालाई कार्यक्षेत्र तोकेर सोरुकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवाप्रवाह एक साताभन्दा बढीदेखि ठप्प छ । इलाका प्रशासन कार्यालयका प्रमुख बिदामा बस्दा एक साताभन्दा बढी समयदेखि सेवा ठप्प भएको हो ।
इलाका प्रशासनका शाखा अधिकृत खड्गबहादुर बस्नेत १२ असार असारदेखि बिदामा बस्दा सेवाप्रवाह ठप्प भएको हो । उनी बिदामा बसेपछि सुब्बाको भरमा कार्यालय सञ्चालनमा छ ।
छायाँनाथ रारा नगरपालिका, खत्याड, मुगुम कार्मारोङ्ग गाउँपालिका र सोरु गाउँपालिकालाई कार्यक्षेत्र तोकेर तोकेर सोरु गाउँपालिकाको सोरुकोटमा इलाका प्रशासन कार्यालय स्थापन गरिएको हो ।
कार्यालय प्रमुख बस्नेत १२ असारदेखि बिदामा बसेपछि सेवाप्रवाह प्रभावित भएको सुब्बा महेशप्रसाद पालले जानकारी दिए । पाललाई कुनै पनि अधिकार नदिँँदा सेवाप्रवाह प्रभावित भएको हो । ‘मलाई कुनै पनि अधिकार र निर्देशन दिएको छैन । सेवाग्राही रित्तो हात घर फर्कन बाध्य छन्,’ सुब्बा पालले भने ।
कार्यालयमा हाल एकजना सुब्बा, एक कम्प्युटर अर्पेरटर र दुई कार्यालय सहयोगी मात्र छन् । शाखा अधिकृत नहुँदा नागरिकता प्रमाणपत्र जारी गर्ने, राहदानी सिफारिस र अन्य सिफारिसका काम १२ असारदेखि रोकिएको छ । कार्यालयमा नागरिकता, प्रतिलिपि, नाबालिग परिचय पत्र बनाउनका लागि मात्र दैनिक १० भन्दा बढी सेवाग्राही आउँछन्।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार शाखा अधिकृत बस्नेत छोरा बिरामी भएर घर बिदामा बसेकाले सेवाप्रवाहमा प्रभावित भएको हो । कानुनअनुसार अर्कोलाई अधिकार दिन नमिल्ने र नागरिकता जारी गर्न पनि नमिल्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार