थप बच्चा जन्माउन चिनियाँ चेलीलाई प्रोत्साहन भत्ता…
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार २२:५:२९
२४ असार, एजेन्सी । राष्ट्रको जनसङ्ख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ ।
देशमा गम्भीर जनसाङ्ख्यिक सङ्कट उत्पन्न हुन नदिन सरकारले विवाहित दम्पतिलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराएको हो ।
गत वर्षको अन्त्यमा चिनियाँ मुख्य भूमिको जनसङ्ख्या एक अर्ब चालीस करोड १३ रहेको र नवजात शिशुको सङ्ख्या एक करोड ६२ लाखमा झरेको ग्लोबल टाइम्सले जनाएको छ । नवजात शिशु र कालगतिले मर्ने चिनियाँ नागरिकको सङ्ख्या हाराहारीमा रहेको उक्त पत्रिकाले छापेको छ ।
दशकौंसम्म चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो एक बच्चा नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको तथा महिला अधिकारको दमनले जन्म नियन्त्रण गर्न बाध्य दम्पतिले अब तीनवटासम्म सन्तान जन्माउन पाउने भएका छन् तर विवाहित जोडी नयाँ सुविधा र प्रोत्साहन भत्ताप्रति खासै आकर्षित भएका छैनन् ।
एक महिला उक्त सुविधाबाट वञ्चित छन् । चिनियाँ महिलाहरूको बढ्दो शैक्षिक र आर्थिक विकासका कारण उनीहरूको विवाह गर्ने प्रवृत्ति पनि पुरुषको तुलनामा कम छ ।
गत वर्ष, बेइजिङले नयाँ जनसङ्ख्या र परिवार योजना कानून जारी ग¥यो जसले चिनियाँ दम्पतीहरूलाई तीनवटा बच्चा जन्माउन अनुमति दिए पनि भरणपोषणलगायत अभिभावकीय जिम्मेवारी बहनका निम्ति बढ्दो लागतका कारण थप बच्चा जन्माउने चाहना उनीहरूमा नरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतालिवानका दुई शीर्ष नेताविरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको आदेशमा अदालतको रोक, जन्मको आधारमा नागरिकता नदिने निर्णय असंवैधानिक ठहर
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
कुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड
माघ ११, २०८१ शुक्रबार
तालिवानका दुई शीर्ष नेताविरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी
माघ ११, २०८१ शुक्रबार