ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकताका क्षेत्रमा : मुख्यमन्त्री पोखरेल
नेपालबहस संवाददाता
असार २७, २०७९ सोमबार २०:४१:१४
२७ असार, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारका तर्फबाट ट्रष्ट र प्रतिष्ठानका नाममा विनियोजित रकम प्राथमिकतामा क्षेत्रमा खर्चन निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०७९÷८० को बजेटमा व्यक्तिका नाममा जोडिएका ट्रष्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएकोमा जनस्तरबाट विरोध आएपछि मुख्यमन्त्रीले उक्त रकम प्राथमिकताका क्षेत्रमा खर्चन निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए।
प्रेस संयोजक कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा बजेटमा समावेश गोवर्धन शर्मा स्मृति कोष, श्री पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रष्ट भवन निर्माण, पुननरायण धनकुमारी परोपकारी ट्रष्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायतका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट असन्तुष्टि व्यक्त भएकामा मुख्यमन्त्रीको ध्यानाकर्षण भएको जनाइएको छ ।
“आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रममा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मुख्यमन्त्रीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको व्यहोरा जानकारी गराइन्छ”, विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
कुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड
माघ ११, २०८१ शुक्रबार
तालिवानका दुई शीर्ष नेताविरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी
माघ ११, २०८१ शुक्रबार
बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नति हुँदै, प्रधानमन्त्रीले आज शिलान्यास गर्दै
माघ ११, २०८१ शुक्रबार