श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्धारा पुष्टि…
नेपालबहस संवाददाता
असार २७, २०७९ सोमबार २३:३०:९
२७ असार, कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले राजीनामा दिने बारेमा प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई जानकारी गराइसकेकाे प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
आन्दोलनकारीहरुको चर्को दबाबपछि उनले राजीनामा दिने तयारी गर्नु भएको हो । उनको राजीनामाको माग गर्दै आन्दोनलकारीहरुले शनिबारदेखि अहिलेसम्म पनि राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नगर्दासम्म निवास कब्जा गरिरहने बताएका छन् ।
राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्ष राष्ट्रपति भवन छोडेर भागेका थिए । प्रदर्शनकारीको आक्रोशित भीडले त्यसपछि प्रधानमन्त्री रनिलविक्रमासिंघेको सरकारी निवासमा समेत पुगी आगजनी गरेको थियो ।
सभामुख महिन्दा याप अबेवार्डेनले पनि पत्रकार सम्मेलन गरेर राष्ट्रपति राजापाक्षले यही असार २९ गते राजीनामा दिने जानकारी दिए । उनले यसअघि संसदमा पनि यस बारेमा जानकारी दिए ।
श्रीलङ्काको संविधानअनुसार राष्ट्रपतिले सभामुखलाई पत्र पठाएपछि मात्र राजीनामा स्वीकृत हुन सक्छ । तर अहिलेसम्म उनले राजीनामा बुझाउनु भएको छैन । राष्ट्रपतिले औपचारिक रूपमा पदत्याग गरेको एक साताभित्र सभामुखले राजनीतिक दलहरूले संयुक्त सरकार आह्वान गर्ने व्यवस्था छ ।
प्रदर्शनकारीले प्रधानमन्त्रीले समेत राजीनामा दिनु पर्ने माग गरेकाले प्रधानमन्त्री विक्रमासिङ्घे पनि राजीनामा दिन तयार हुुनु भएको छ । राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्री विक्रमासिङ्घेले बताएपनि राष्ट्रपतिले नै भने यस बारेमा अहिलेसम्म केही बताएको सार्वजनिक भएको छैन । उनले आफैले सार्वजनिक रुपमा नभन्दासम्म विश्वास गर्न नसकिने प्रदर्शनकारीको भनाई छ ।
यसअघि आन्दोलनकारीहरुकै दबाबमा तत्कालिन प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिनु भएको थियो । मुलुकको आर्थिक सङ्कटको मुख्य कारण राजापाक्ष दाजु भाइ नै भएको भन्दै दुवै जनाको राजीनामा माग गरिएको छ ।
चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा केही महिनादेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । विदेशी मुद्रा सञ्चितिको अभावमा श्रीलङ्कामा महिनौँदेखि खाद्यान्न, इन्धन, औषधि लगायतका अत्यावश्यक वस्तुको आयात रोकिएकाले अभाव र मूल्य वृद्धि सृजना भएको छ ।
प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा करोडौँ रूपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीहरूले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो सङ्ख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरालको डोरीबाट सुकुल बुन्दै वृद्ध
माघ ७, २०८१ सोमबार
ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व बोकेको त्रिवेणी मेला
माघ ७, २०८१ सोमबार
सुर्खेत विमानस्थलको धावन मार्ग र आसपासको क्षेत्र
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार