कविका रचनामा ‘भानु’
नेपालबहस संवाददाता
असार ३०, २०७९ बिहिबार १७:५:९
♦रामबहादुर थापा
३० असार, बागलुङ । ‘खुबै आनन्दमा हुन्छु
दुई–नौ असार आउँदा
श्रद्धाले शीर निहुरिन्छ
तिम्रा कीर्ति सुनाउँदा’
२०९औँ भानु जयन्ती समारोहमा स्रष्टाहरुले आदिकविको तस्बिरमा फूल मात्र चढाएनन् शब्दश्रद्धा पनि टक्राए । प्रस्तुत कवितांशमार्फत शब्दकर्मी मेघराज पाण्डेले भानु जयन्ती अर्थात् असार २९ लाई गौरवपूर्ण दिनका रुपमा लिए ।
‘श्रद्धासुमन’ कविता पाठ गरेपछि पाण्डेले आदिकविप्रति राज्यले दर्शाएको सम्मान स्तुत्य रहेको बताउनुभयो । “भानु जयन्तीमा सार्वजनिक बिदा दिएर गण्डकी प्रदेश सरकारले राष्ट्रिय विभूतिको मूल्यबोध गरेको छ”, उनले भने ।
कवि धनराज सापकोटा ‘जिज्ञासू’ले सरकारी कार्यालयमा हुने ढिलासुस्तीप्रति कटु प्रहार गर्दै भानुभक्तले लेखेको ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ कविताको प्रसङ्ग जोड्दै ‘भानु र भ्रष्टचार’ कविता सुनाए ।
‘घुस्याहाहरु घुस माग्छन्
मानौँ बिरामीले जुस मागेझैँ
लाग्छ घुस माग्नु
उनीहरुको संवैधानिक अधिकार हो’
कवि सापकोटाले घुस्याहा प्रवृत्तिमाथि व्यङ्ग गरे । आदिकवि भानुभक्तले कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्दाताका सरकारी अड्डामा जकडिएको ‘भोलिवाद’का विरुद्ध कविता लेखेका थिए ।
आदिकविलाई ‘धु्रवतारा’को संज्ञा दिएर कवि गोविन्द सुवेदीले रचना सुनाए।
‘भानु तिमी आदिकवि हौ
तर तिमी अन्त्यकवि होइनौ
किनकी तिम्रो अन्त्य कदापि हुन सक्दैन
तिमी अमर, अजर र अटल छौ
सदा चम्किरहने
धु्रबतारा जस्तै’
सिर्जनाका मार्फत भानुभक्तको गुणगान गाउने लहरमा कवि कोपिला कँडेल पनि जोडिन आइपुग्नुभयो । कवि कँडेलले आजको सामाजिक परिवेशमा पनि भानुभक्तका रचना उत्तिकै सान्दर्भिक रहेको धारणा राखे ।
‘कवितामा छन्द लिएर आउ
धर्म, संस्कृति र संस्कारको गन्ध लिएर आउ
जीवन र जगत्को मर्म बुझाउन आउ
कर्तव्य, आचरण र मानवीय कर्म सिकाउन आउ
भानु तिमी फेरि आउ’
बधुशिक्षामा विभेद झल्किएको भनेर आलोचना हुने गरेपनि आदिकविका अरु कृति अमूल्य रहेकामा कवि कँडेलले उल्लेख गरे । उनले आदिकवि भानुभक्तद्वारा भावानुवाद गरिएको रामायण दोहो¥याइ–ते¥याइ पढेको बताए । बुधबारको समारोहमा कँडेलले रामायणका केही श्लोकसमेत सुनाए ।
कवि सापकोटाले पहिलेपहिले घरघरमा रामायण राख्ने र वाचन गर्ने परम्परा रहेकामा अहिले त्यो हराउँदै गएको बताए। “अहिले भानु जयन्तीमा कतैकतै रामायण वाचनको प्रतियोगिता हुने गरेको सुनिन्छ, तर पहिलेझैँ घरमा रामायण पाठ गर्ने चलन लगभग हराइसक्यो”, उनले भने ।
कवि सापकोटाले भाषिक एकीकरणको श्रेय आदिकवि भानुभक्तलाई जाने उल्लेख गरे । हिन्दी र संस्कृत भाषाको दबदबा रहेका बेला बाल्मिकी रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आदिकविले महत्वपूर्ण योगदान दिएको उहाँको भनाइ छ ।
धवलागिरि साहित्य प्रतिष्ठान, विद्यामन्दिर पुस्तकालय र नारी साहित्य समाजद्वारा आयोजित समारोहमा आदिकवि भानुभक्तमाथि वक्ताहरुले विचारसमेत राखेका थिए ।
साहित्यसेवी विश्वनाथ रेग्मीले भानुभक्तद्वारा रचित कविता शिक्षाप्रद र प्रेरणादायी भएको टिप्पणी गरे । उनले संस्कृत रामायणलाई नेपालीमा भावानुवाद गरेर आदिकविले भाषा, साहित्य र संस्कृतिप्रति सर्वसाधारणलाई अभिप्रेरित गरेको बताए ।
तनहुँको चुँदीरम्घा गाउँमा जन्मनुभएका आदिकवि गुरुशिक्षा लिने क्रममा बागलुङ नगरपालिका–३ मुल्पानीमा आएको रेग्मीले बताए । “भानुभक्त यहाँ आएर पण्डित बद्रीदत्त पन्तको गुरुकुल आश्रममा पढेको र गुरु दक्षिणास्वरुप तनहुँको खेत दिएको प्रमाणित हुने कागजात हामीसँग सुरक्षित छन्”, उनले भने ।
धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले भानुभक्त नेपाली साहित्यका विशिष्ट प्रतिभा भएको बताए । नेपाली भाषा र साहित्यको उन्नयनमा आदिकविले पु¥याएको योगदानमाथि जति चर्चा गरे पनि कम हुन जाने उनको भनाइ छ ।
अध्यक्ष रोशनले वर्षौँ अघिदेखि प्रतिष्ठानको अगुवाइमा भानु जयन्ती मनाउने थिति बसालिएको उल्लेख गरे । विद्यामन्दिर पुस्तकालयको प्रेक्षालयमा चलेको समारोहमा छोटो कविता सुनाएर अध्यक्ष रोशनले नै २०९औँ भानु जयन्तीको मैजारो गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार