सर्वोच्चद्वारा आईजीपीमा धीरजप्रताप सिंहको नियुक्ति सदर, एआईजी पोखरेलले दायर गरेको रिट खारेज
नेपालबहस संवाददाता
असार ३१, २०७९ शुक्रबार २२:१७:५९
३१ असार, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोेच्च अदालतले खारेज गरेको छ । योसँगै सरकारले धीरजप्रताप सिंहलाई आईजीपीमा गरेको नियुक्ति सदर भएको छ ।
नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको हो । आफुभन्दा कनिष्ठलाई नियुक्ति दिएको भन्दै पोखरेलले दयार गरेको रिट सर्वोच्चले शुक्रबार खारेज गर्ने फैसला गरेको हो ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए । यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ ।
आइजीपी नियुक्ति विरुद्धको मुद्दामा शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको हो । मुद्दामा शुक्रबार निवेदक एआईजी पोखरेलको तर्फबाट वकिलहरू शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहा, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए ।
गत १८ वैशाखमा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चको फैसलासँगै एआईजी पोखरेल धर्मसंकटमा परेका छन् । उनी गत वैशाखदेखि अफिस गएका छैनन् । कि राजीनामा दिने कि आईजीपी सिंहसँग मिलेर काम गर्नेबाहेक उनीसँग अर्को विकल्प छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार