राष्ट्र बैंकका गभर्नर अधिकारीविरुद्ध विद्यार्थीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, केहीलाई गिरफ्तार
नेपालबहस संवाददाता
साउन १, २०७९ आइतबार १६:५९:५५
१ असार, काठमाडौँ । बालुवाटारमा विद्यार्थीहरुले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आन्दोलित विद्यार्थी र प्रहरीबीच बालुवाटारमा झडप भएको हो ।
गभर्नर अधिकारीको राजीनामा माग गर्दै आइतबार बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको गेटमा घेराउ गर्न पुगेका सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट नेविसंघ र अखिल (क्रान्तिकारी) का विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुले निषेधित क्षेत्र तोडेपछि सामान्य झडप भएको हो । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरुमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरुले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने उद्देश्यले प्रदर्शन गरेका हुन् । एम अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै ती व्यक्ति गभर्नर अधिकारी नै हुन् भन्दै उनकाे नियुक्तिबारे बहस र आलोचना सुरु भएको हो ।
अधिकारीको नियुक्ति ’राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्तिमात्र गभर्नर हुनसक्ने प्रावधान’ विपरीत भएको खुलेको भएको भन्दै युवा विद्यार्थी संगठनहरुले विरोधलाई जारी राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
एक अर्कालाइ छुँदा किन करेन्ट लाग्छ ? जान्नुहोस्
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार