तराईका जिल्लामा सशस्त्र प्रहरीको सक्रियता बढ्यो, २ क्विन्टल गाँजासहित स्कोर्पियो नियन्त्रणमा
नेपालबहस संवाददाता
साउन २, २०७९ सोमबार १६:५७:४८
२ साउन, रौतहट । सीमावर्ती तराईका जिल्लाहरुमा हुने तस्करी र अपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीको सक्रियता बढेको छ । सशस्त्र प्रहरी छिन्नमस्ता मुख्यालय बाहिनीका प्रमुख डीआईजी गणेश ठाडा मगरको विशेष निर्देशनमा रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल लागुऔषध गाँजासहित एक भारतीय नम्बर प्लेटको स्कर्पियो गाडी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बेस क्याम्प फतुवाबाट इन्स्पेक्टर विनय श्रेष्ठको कमान्डमा गएको टोलीले राजपुर नपा ६ कुडिया चौकस्थित गाडीसहित २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको हो ।
आँपको बगैँचामा लुकाई पार्किङ गरि राखिएको डिएल ४ सि एनबी ६२२९ नम्बरको स्कोर्पियोमा गाँजाको १३ वटा पोकालाई टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी मगरले बताए ।
प्रति पोका १४ केजी ८ सय ग्रामको दरले कुल १ सय ९२ केजी ४०० सय ग्राम गाँजासहित एक स्कर्पियो बरामद भएको डीआईजी मगरले जानकारी दिएका छन ।
बरामद गाँजासहितको गाडी कसको हो भने हालसम्म खुल्न नसकेको तथा आवश्यक अनुसन्धान एवं कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार