कार्यालयमै वडाध्यक्षमाथि हातपात र कुटपिट, किटानी जाहेरी दर्ता
नेपालबहस संवाददाता
साउन २, २०७९ सोमबार १९:५३:६
२ साउन, महोत्तरी । वडा कार्यालयमै वडाध्यक्षलाई हातपात र गालीगलौज भएको आरोपमा माओवादी निकट जनप्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् । बर्दिवास नगरपालिका-१२ का वडाध्यक्ष रामकिशोर साहलाई हातपात र गालीगलौज गरेको विषयलाई लिएर जनप्रतिनिधिहरूले प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
राजनीतिक प्रतिशोध लिने उद्देश्यले नियोजित ढंगबाट घटना भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरूको माग छ । आइतबार संयुक्त विज्ञप्ति निकाल्दै वडाध्यक्ष शमशेर सिंह, पदमबहादुर आले, पूर्णबहादुर बल र कार्यपालिका सदस्य ऐश्वर्या बम्जन तामाङले पूर्वाग्राही ढंगले यस्ता दुर्व्यवहारको घटना गराएको आरोप लागेको छ ।
वडाध्यक्ष साहले आइतबार नै पीडकहरूविरुद्ध प्रशासनमा किटानी जाहेरी दिएका छन् । अभद्र व्यवहार कसुरअन्तर्गत दिएको उक्त किटानी जाहेरीमा स्थानीय सोहन पौडेल, समीर बैठा, रामनवीन महतो, विमलेश महतो, सन्जिव महतो, सरोजकुमार शर्मा, उपेन्द्र महतो र चान्द नट संलग्न भएको बताइएको छ ।
हातपात गर्ने क्रममा वडाध्यक्ष साहको दायाँ हातमा चोट लागेको छ भने एउटा मोबाइलसमेत हराएको स्थानीयले बताएका छन् । वडा नम्बर १२ को वडा कार्यालयमा स्थानीयहरूसँग छलफल भइरहेका वेला २९ असारमा आक्रमण भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार