धनुषामा थपिए एक हजार ९११ नयाँ उद्योग
नेपालबहस संवाददाता
साउन ६, २०७९ शुक्रबार २२:१५:०
६ साउन, जनकपुरधाम । धनुषामा आर्थिक बर्ष ०७७÷०७८ मा एक हजार ९११ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार ९३, सेवा उद्योगतर्फ ५१०, उत्पादन उद्योगतर्फ १५८, पर्यटनतर्फ १४७ र सूचना तथा संचारतर्फ तीनवटा रहेको घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ । यो संख्या गत आव ०७६÷०७७ को भन्दा बढी हो ।
यस्तै आव ०७८÷०७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट रु एक करोड ४० लाख ११ हजार ९०५ राजस्व संकलन भएको जनाएको छ । योसँगै धनुषामा घरेलु तथा साना उद्योगको सङ्ख्या करिब २१ हजार पुगेको र वाणिज्यतर्फको सङ्खया करिब ३३ हजार पुगेको कार्यालयका प्रमुख देवकान्त झाले जानकारी दिए ।
यसअघि गत आव ०७७÷०७८ मा उद्योगतर्फ एक हजार ८०४ र वाणिज्यतर्फ दुई हजार ६११ दर्ता भएको थियो । यसबाट रु दुई करोड ३८ लाख २० हजार ६०० राजस्व संकलन भएको थियो ।
यस्तै आव ०७८÷०७९ मा उद्योगतर्फ ६६ वटा र वाणिज्यतर्फका ११९ वटा घरेलु तथा साना उद्योगको लागत कट्टा गरिएको छ भने उद्योगतर्फ ५९८ वटा र वाणिज्यतर्फ एक हजार २५९ वटाको नवीकरण गरिएको सो कार्यालयले जनाएको छ । आव ०७८÷०७९ मा नयाँ उद्योग दर्तापश्चात् धनुषामा १० हजार ४८९ पुरुष र ७९ महिला गरी १० हजार ५६८ ले रोजगारी पाएका छन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योमा सहजरुपले ऋण लगानी गर्न थालेका पछि कृषि तथा वन्यजन्य उद्योग खुल्ने क्रम बढेसँगै घरेलु तथा साना उद्योग दर्ता गराउने क्रममा वृद्धि भएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार