एनआईसी एशिया : ४ वर्षमा ४ गुणाले व्यवसाय विस्तार, वित्तीय रुपमा नेपालकै बलियो बैंक
आर्थिक संवाददाता
साउन १०, २०७९ मंगलबार १८:२२:४२
१० साउन, काठमाडाैं । पछिल्लो समय एनआईसी एशिया बैंक लिडर बैंकको रुपमा स्थापित भएको छ । सानो पुँजी ठूलो व्यवसाय र आकर्षक वासलातको कारण एनआईसी एशिया बैंकले सबैको ध्यान केन्द्रित गर्न सफल भएको हाे । अन्य धेरै बैंकहरुले पुँजी बृद्धि र मर्जरमा ध्यान दिएको बेला एनआईसी एशिया बैंक भने व्यवसाय र वित्तीय अवस्था बलियो बनाउन केन्द्रित भएको देखिन्छ । मर्जरमा खर्च गर्नुपर्ने समयलाई बैंक व्यवस्थापनले व्यवसायमा केन्द्रित गरेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७७/७८ को लाभांश वितरणमा रोक लगाउनुले बैंकलाई निकै राम्रो गरेको देखिन्छ । आर्थिक वर्ष ०७७/७८ को मुनाफा कम्पनीले संचित गरेर राख्दा कम्पनीको चुक्ता पुँजी भन्दा धेरै जगेडा कोषमा रकम संचित भएर कम्पनीको प्रतिशेयर नेट्वर्थ २०० रुपैयाँ माथि पुगेको छ । खुद मुनाफामा पनि कम्पनीले आकर्षक बृद्धि हासिल गर्न सफल भएको छ । खुद मुनाफामा ३८ प्रतिशत माथिको बृद्धि गर्न सफल यस बैंकले वितरण योग्य मुनाफा पनि २ अर्ब माथि पुर्याउन सफल भएको छ ।
विगत ४ वर्षमा बैंकको व्यवसाय ( निक्षेप संकलन र कर्जा प्रवाह ) करिब ४ गुणाले बढेको छ । छोटो अवधिमै व्यवसाय ४ गुणाले बृद्धि गर्दा पनि बैंकले खराब कर्जा शुन्य दशमलव ५० प्रतिशत भद्ना मुनि राख्न सफल भएको छ । दुई फरक बैंकका साथीहरु भेट हुँदा कुरा भनेकै एनआईसी एशिया बैंकको आक्रामक व्यापार र उसको भाविष्यमा आउन सक्ने खराब कर्जा हुन्थ्यो तर सबैको आंकलनको विपरित एनआईशी एशिया बैंकले आफुलाई सबल बैंकको रुपमा प्रस्तुत गरेको छ । आक्रामक व्यापार हुँदाहुँदै पनि खराब कर्जा निकै कम राख्न सक्नु बैंक व्यवस्थापन र कर्मचारीको अथक मेहिनेतको नतिजा रहेको यस क्षेत्रका जानकार बताउँछन् ।
हाल एनआईसी एशिया बैंकमा तुलसीराम अग्रवाल अध्यक्ष रहेका छन् भने संचालक सदस्यहरुमा त्रिलोकचन्द अग्रवाल, रामचन्द्र संघई, निकुञ्ज अग्रवाल, गणेश मान श्रेष्ठ, आदित्य कुमार अग्रवाल र विजया स्वाँर रहेका छन् ।
३८ वर्षमै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न सफल रोशनकुमार न्यौपानेले आफ्नो कार्यकालको छोटो समयमै एनआईसी एशिया बैंकलाई विभिन्न प्रमुख वित्तीय सूचकहरुमा १ नम्बर बैंक बनाउन सफल भएका छन् । चार्टड एकाउण्टेण्ट न्यौपानेको नेतृत्वमा एनआईसी एशिया बैंकको सफलताको यात्रा लोभलाग्दो छ । त्यस्तै बैंक उच्च व्यवस्थापनमा सुधीरनाथ पाण्डे र सन्तोष कुमार राठी नायव प्रमुख कार्यकारी अधिकृत छन् ।
६ दशमलव २५ प्रतिशत शेयर स्वामित्वसहित यस बैंकका ठूला शेयरधनीमा अशोक कुमार अग्रवाल छन् भने दोश्रोमा ५ दशमलव ३४ प्रतिशत शेयर स्वामित्वका साथ त्रिलोक चन्द अग्रवाल दोश्रो ठूला शेयरधनी हुन् । संस्थागत लगानीकर्तातर्फ नेपालको लिडर जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्स क. लि रहेको छ । एनआईसी एशिया बैंकमा नेपाल लाइफको १ दशमलव १० प्रतिशत शेयर स्वामित्व रहेको छ।
कम्पनीको आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास र आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
खुद मुनाफामा आकर्षक वृद्धि :
आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब २५ करोड खुद मुनाफा गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म ४ अर्ब ५२ करोड खुद मुनाफा पुर्याउन सफल भएको छ । खुद मुनाफामा आकर्षक ३८ प्रतिशत माथिको बृद्धि भएको छ ।
खुद मुनाफा साढे ४ अर्ब माथि हुनु र चुक्ता पुँजी ११ अर्ब ५६ करोड हुनुले पनि कम्पनीको प्रतिशेयर आम्दानी निकै बलियो देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ १३ पैसा छ । एक वर्ष अघिको अवधिमा प्रतिशेयर आम्दानी २८ रुपैयाँ १८ पैसा थियो ।
प्रमुख आम्दानीको श्रोतमा २७ प्रतिशत माथिको बृद्धि :
बैंकहरुको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा २७ प्रतिशत माथिको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ९ अर्ब २२ करोड खुद व्याज आम्दानी गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म ११ अर्ब ७७ करोड खुद व्याज आम्दानी पुर्याउन सफल भएको छ ।
संचालन मुनाफामा ३० प्रतिशत माथिको वृद्धि :
संचालन मुनाफामा ३३ प्रतिशतको वृद्धि हुँदै ६ अर्ब ४० करोड पुगेको छ ।
वितरणयोग्य मुनाफा :
शेयरधनीको पक्षबाट हेर्दा वितरणयोग्य मुनाफालाई निकै महत्वपूर्ण रुपमा हेरिन्छ । बैंकको वितरणयोग्य मुनाफा एक वर्ष अघि १ अर्ब ९२ करोड रहेकोमा अहिले करिब १७ प्रतिशतले वृद्धि हुँदै २ अर्ब २४ करोड पुगेको छ।
लाभांश क्षमता :
चौथो त्रैमासको प्रतिवेदन अनुसार बैंकको लाभांश क्षमता १९ प्रतिशत माथि छ।
खराब कर्जामा चमात्कार :
दुई फरक बैंकका साथीहरु भेट हुँदा कुरा भनेनै एनआईसी एशिया बैंकको आक्रामक व्यापार र उसको भविश्यमा आउन सक्ने खराब कर्जा हुन्थ्याे। तर सबैको आंकलनको विपरित एनआईशी एशिया बैंकले प्रदर्शन गरेको छ। बैंकको खराब कर्जा असार मसान्तसम्म शुन्य दशमलव ५० प्रतिशत भन्दा पनि मुनी आएको छ । एक वर्ष अघिसम्म सो अनुपात शुन्य दशमलव ५० प्रतिशत थियो ।
रिटेण्ड अर्निंग १४० प्रतिशतले बढ्यो :
बैंकको रिटेण्ड अर्निंग १४० प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ८४ करोड पुगेको छ भने जगेडा कोष करिब २६ प्रतिशतले वृद्धि हुँदै ९ अर्ब ७४ करोड पुगेको छ ।
४ वर्षमै ४ गुनाको व्यवसाय वृद्धि :
एनआईसी एशिया बैंकको विगत ४ वर्षको तथ्यांक हेर्दा बैंकले ४ वर्षमै करिब ४ गुणाले व्यवसाय वृद्धि गरेको छ। बैंकले आर्थिक वर्ष ०७३/७४ सम्ममा ८७ अर्ब निक्षेप संकलन गरेकोमा आर्थिक वर्ष ०७७/७८सम्म आउँदा ३ खर्ब माथि निक्षेप संकलन पुगेको छ । समिक्षा अवधिमा निक्षेप संकलन २४२% ( ३ दशमलव ४२ गुणाले ) वृद्धि भएको छ । त्यस्तै कर्जा प्रवाह आर्थिक वर्ष ०७३/७४ मा ७२ अर्ब रहेकोमा आर्थिक बर्ष ७७/७८ सम्म २ खर्ब ६४ अर्ब पुगेको छ । समिक्षा अवधिमा कर्जा प्रवाह २६४ %( ३ दशमलव ६४ गुणाले ) वृद्धि भएको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च
जेठ १०, २०८१ बिहिबार
गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान
जेठ १०, २०८१ बिहिबार
राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैनः उपसभापति गुरुङ
जेठ १०, २०८१ बिहिबार
ताइवानलाई घेरा हाल्दै चीनले गर्यो अहिलेसम्मकै ठूलो युद्ध अभ्यास
जेठ १०, २०८१ बिहिबार
एकीकृत समाजवादीले संसदको गतिरोध अन्त्य गर्न पहल गर्ने
जेठ १०, २०८१ बिहिबार
सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता
जेठ १०, २०८१ बिहिबार