सुखद् कमव्याकको पर्खाइमा रहेका अभिनेता !
नेपालबहस संवाददाता
साउन ११, २०७९ बुधबार १७:८:३१
११ साउन, एजेन्सी । बलिउड फिल्महरूले हालका दिनमा बक्सअफिसमा खासै कमाल देखाउन सकिरहेको छैन । हालै रिलिज रणवीर कपूरको फिल्म ‘शमशेरा’ फ्लप साबित हुने अवस्थामा पुगिसकेको छ । रणवीरअघि यस्ता कैयौं स्टार छन्, जसको फिल्मले राम्रो कमाई गर्न सकेको छैन । यी स्टारलाई एक फिल्म हिट हुन आवश्यक छ, जसकारण बलिउडमा उनीहरू सुखद् कमव्याक गर्न सकून् ।
अभिनेता शाहरु खानको पछिल्ला फिल्महरू ‘हेरी मेट सेजल’ र ‘जीरो’ बक्सअफिसमा असफल सावित भयो । उनका तीन फिल्म ‘पठान’, ‘डंकी’ र ‘जवान’ दर्शकमाझ आउने तयारीमा छन् । यदी यी तीन फिल्ममध्ये कुनै एकले खासै कमाल गर्न सकेन भने अभिनेतालाई बलिउडमा कमव्याक गर्न निकै मुस्किल पर्नेछ ।
आमिर खान स्टारर तीन सय करोड बजेटको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले बक्स अफिसमा ३३५ करोड मात्र कमाई गरेको थियो । यो फिल्मको असफलता पछि उनलाई एक हिट फिल्म दिनुपर्ने दबाब बढेको थियो । अभिनेता हालका दिनमा रिलिजको तयारीमा रहेको फिल्म ‘लाल सिंह चड्डा’लाई लिएर चर्चामा छन् । यो फिल्मको बक्सअफिस कलेक्सन कस्तो होला भन्ने आम चासो बढेको छ । यदी यो फिल्म हिट भएमा आमिरको बलिउडमा सुखद् कमव्याक हुनेछ ।
अभिनेता अक्षय कुमारको पछिल्लो दुई फिल्म ‘सम्राट पृथ्वीराज’ र ‘बच्चन पाण्डे’ बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भयो । यसपछि उनको नयाँ फिल्म ‘रक्षाबन्धन’मा अक्षयको करियर जोडिएको छ । यो फिल्म हिट हुनुपर्ने आवश्यकता अक्षयका लागि छ, किनकि केही वर्षयता बक्सअफिसमा उनको फिल्मले खासै कमाल गर्न सकेको छैन् ।
अभिनेता रणवीर सिंहको फिल्म ‘जयेशभाई जोरदार’ र ‘डघ’ बक्सअफिस करिब असफल साबित भए । उनको आगामी फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ हो । उनको करियरका लागि यो फिल्म हिट हुन आवश्यक छ ।
जोन अब्राहको पछिल्लो चार फिल्म ‘पागलपन्ती’, ‘मुम्बई सागा’, ‘सत्यमेव जयते २’ र ‘अट्याक’ले बक्सअफिसमा छाप छोड्न असफल रह्यो । उनी चाँडै ‘एक भिलेन रिटर्नस’मा देखिँदैछन् । यो फिल्मले बक्सअफिसमा कमाल देखाउन सक्छ या सक्दैन भन्ने आम चासो अहिले छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार