महोत्तरीमा विद्युत् चुहावटको गम्भीर समस्या, के भन्छन् स्थानीय ?
नेपालबहस संवाददाता
साउन ११, २०७९ बिहिबार ०:६:४५
♦ विशाल बस्नेत
११ साउन, महोत्तरी । महोत्तरीमा विद्युत् चुहावटको गम्भीर समस्या देखिएको छ । पछिल्लो समय खडेरीका कारण सिँचाइको लागी अत्यधिक उपकरण प्रयोग हुनुले पनि चुहावटका घटनामा वृद्धि भइरहेको विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्रले जनाएको छ ।
गौशाला वितरण केन्द्रले जिल्लाको गौशाला नगरपालिका, भंगाहा नगरपालिका, औरही नगरपालिका, बर्दिबास नगरपालिका र सोनामा गाउँपालिका हेर्दै आएको छ ।
गौशाला वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्रका अनुसार सबैभन्दा बढी चुहावट यही क्षेत्रमा भइरहेको छ । विशेषगरी गौशालाको पर्सा, मगरथाना, खेस्राहा, बिजलपुरा, हात्तिलेट जस्ता ठाउँमा ठूलो मात्रामा चोरी हुने गरेको पाइएको छ ।
प्राधिकरणमा चुहावटका अत्यधिक सूचना आउन थालेपछि नेपाल प्रहरीको सहयोगमा अहिले रात्रिकालीन अप्रेसनसमेत सुरुवात गरिएको प्राधिकरणले जानकारी दियो । गौशाला वितरण केन्द्रका अनुसार पछिल्लो १ हप्तामा १५ भन्दा बढी विद्युत् चोरी गरेर सञ्चालन गरिरहेको मेसिन नियन्त्रणमा लिइएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा विद्युत् चुहावटको दर निक्कै उच्च थियो । वितरण केन्द्रका प्रमुख प्रविन कुमार मिश्रका अनुसार अघिल्लो वर्ष ३२ प्रतिशत चुहावट भएको थियो भने यो वर्ष यसलाई घटाएर २८.८५ प्रतिशतमा झारिएको छ ।
विद्युत् आउने,जाने समस्या खेपिरहेका सेवाग्राहीहरू यसबाट छिट्टै मुक्त हुने प्रमुख मिश्रको दाबी छ । एक वर्षदेखि चुहावटका समस्यालाई पहिचान गरी गहिराइमा पुग्ने प्रयास गरिरहेको उनले जानकारी दिए । यो वर्षमात्र विद्युत् चोरी गर्नेलाई लिएको जरिवानास्वरुप २५ लाख राजस्व उठेको छ ।
प्राधिकरणले चोरी गर्नेलाई निगरानी बढाएपछि सो कार्यमा संलग्न १२६ जनालाई पक्राउ गरेको छ भने २ सय भन्दा बढी उपकरण र मेसिन जफत गरिएको छ । कम भोल्टेज आउने, लाइनमा उतारचढाव आइराख्ने जस्ता समस्याले जिल्लाका व्यापारिक सहरमा व्यापारी प्रताडित बन्दै आएका छन् ।
कतिपयले प्राधिकरण र ब्याट्री, युपिएस, जेनेरेटर व्यापार गर्ने व्यापारीहरूको मिलेमतोमा नै लाइन काटिरहने समस्या बनेको स्थानीयको आरोप छ ।
के भन्छन् स्थानीय ?
ब्यापारीमात्र हैन लाइनमा आइरहने अवरोधले स्थानीयसमेत आजित बनेका छन् । स्थानीयहरूले प्राधिकरणप्रति आक्रोश व्यक्त गर्दै अघोषित लोडसेडिङको जिम्मेवारी लिनुपर्ने बताए ।
‘लाइन काट्ने समस्या प्राविधिक समस्या हो कि योजनामुताबिक नै काटिएको त्यसको प्रस्टीकरण प्राधिकरणले सेवाग्राहीलाई दिनुपर्छ,’ स्थानीय रामनाथले भने ।
विशेषगरी युपिएस तथा ब्याकअप नराख्ने आइटी सम्बन्धित व्यापारीलाई लाइन आउने र जाने समस्याले निक्कै समस्या बन्दै आएको छ ।
‘लोडसेडिङ छैन र हुँदैन भनेर ब्याकअप राखिएन । झ्याप-झ्याप लाइन जाने समस्याले मेरो कम्प्युटर नै बिग्रिसक्यो, काम समयमा दिन सकिएको पनि छैन,’ बर्दिबास कि सविता भण्डारीले भनिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयोजना अलपत्र हुँदा खानेपानी समस्या
माघ १०, २०८१ बिहिबार
जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जामन्त्री खड्काको आग्रह
माघ ८, २०८१ मंगलबार
म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुविधा
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार