अवैध मुद्रा कारोबारको आरोपमा पाँचजना पक्राउ
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार १७:१:४५
१३ साउन, कर्णाली । अवैध मुद्रासम्बन्धी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ देउती टोलस्थित नास्ता पसलमा अवैध मुद्रासम्बन्धी कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका–३ आग्रीगाउँका २३ वर्षीय समर विक, दैलेखको भगवतीमाई गाउँपालिका–४ का १९ वर्षीय मदन विक, जाजरकोटको छेडागाड नगरपालिका–५ का २४ वर्षीय निमबहादुर विक, ३३ वर्षीय रत्नबहादुर नेपाली र जाजरकोटकै कुशे गाउँपालिका–५ का ३२ वर्षीय शान्तबहादुर बादी छन् ।
सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको साथबाट छालाको मुद्राजस्तो देखिने ११११ लेखिएको विभिन्न बुट्टा भरेको त्रिभुजाकार वस्तु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बुट्टा बनाउन प्रयोग गरिने अन्य दुई थान छालाजस्तो त्रिभुजाकार वस्तु, विभिन्न आकारका पत्थर, बारुदजस्तो देखिने सानो डिब्बा बरामद गरिएको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार