गौतमश्री सहकारीका सञ्चालक फरार: करोडौं ठगी भएको आशंका, एकजनाको २२ करोड भन्दा बढी रहेको दावी
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार २३:४४:५८
१३ साउन, काठमाडौं । पछिल्लो समय सहकारीमा रकम बचत गर्नेहरु एकपछि अर्को गर्दै ठगीने क्रम बढीरहेका बेला काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक मोवाइल स्वीचअफ गरेर सम्पर्कविहीन भएपछि सहकारीमा कार्यरत कर्मचारीमा अन्योल छाएको छ भने बचतकर्ता तनावमा परेका छन् ।
गौतमश्री बहुउद्देश्यीय सहकारीका संचालक ४/५ दिन देखि सम्पर्कबिहीन छन् । धेरैजनाको करोडौं रुपैयाँ खाएर भागेको हल्ला चलिरहेको छ । जसमा एकजनाको मात्रै रू २२ करोड भन्दा बढी बचत जम्मा रहेको बताइएको छ । हिजो मध्यरातीबाट श्रीमती र छोरीहरू पनि गायब भएको छिमेकीहरुले बताएका छन् ।
एक हप्ता सहकारी बिदा हुने सूचना निकालेर २५ हजार बचतकर्ताको रकम लिएर सहकारी सञ्चालक गायब भएको आरोप बचतकर्ताले लगाएका छन् । अध्यक्ष रामबहादुर गौतम र प्रबन्ध निर्देशक रविन्द्र बिष्टले फोन स्वीच अफ गरेको बचतकर्ताको गुनासो छ । सञ्चालक भागेपछि बचतकर्ताहरू सहकारी विभागमा पुगेका छन् ।
२३ वर्षदेखि सञ्चालनमा रहेको बहुउद्देश्यीय सहकारीले काभ्रेको नमोबुद्ध नजिकै गौतमश्री अर्गानिक एण्ड काउ फार्मका नाममा व्यवसायिक रुपमा उन्नत जातका गाईपालन समेत गरेको छ । दैनिक सयौं लिटर दुध बिक्री गर्ने उक्त सहकारीले गाईपालन लगायत अन्य क्षेत्रमा पनि ठूलो लगानी गरेको अवस्था छ ।
‘यसरी एकाएक सम्पर्कविहीन त हुनु नपर्ने, लगानी पनि विभिन्न क्षेत्रमा राम्रै गरेको छ,’ एक वचतकर्ताले भने, ‘लगानी गरेको ठाउँमा मन्दी आयो होला, बचतकर्तालाई समयमा फिर्ता गर्न नसक्दा सम्पर्कमा नआएको हो कि ?’ बचतकर्ताको बचत रकम भन्दा उनीहरुले विभिन्न क्षेत्रमा गरेको लगानी नै बढी भएकाले चिन्ता भने गरिहाल्नु नपर्ने ती बचतकर्ताको भनाई थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार