सप्तकोसी बाढीले बस्ती टापुमा परिणत, २४ सय घरपरिवार उद्धारकाे पखाईमा
नेपालबहस संवाददाता
साउन १८, २०७९ बुधबार १९:४९:३५
♦ ईश्वर तामाङ
१८ साउन, उदयपुर । सप्तकोसी नदीको बाँध फुटेर बाढी गाउँ पस्दा सुनसरी र उदयपुर जिल्लाका दुई स्थानीय तहका सयौं मानिस बाढीमा फसेका छन् । बुधबार बिहान बाँध फुटेर गाउँमा बाढी पस्दा सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ का २१ सय परिवार र उदयपुरको बेलका बेलका नागरपालिका वडा नम्बर १, २, ३, ८ र ९ चार हजार घर परिवार प्रभावित भएका छन् ।
यस्तै बाढीमा फसेका करिब २४ सय घरधुरीको अझै उद्धार हुन सकेको छैन । बस्तीलाई बाढीले टापुमा परिणत गरिदिएपछि उनीको उद्धार हुन नसकेको हो । बाढीमा फसेकाहरूलाई सशस्त्र प्रहरीको दुई वटा ढुंगाले उद्धार प्रयास गरिरहेको छ । सशस्त्र प्रहरीलाई स्थानीयवासी, सामाजिक संघ संस्था, नेपाल प्रहरी र नेपाली सेनाले उद्धारमा सहयोग गरिरहेको छ ।
स्थानीय प्रशासनका अनुसार बाढी आउने पूर्व सूचना मंगलबार राति नै दिएका कारण क्षति कम भएको हो । प्रशासनले सर्वसाधारणलाई हिजो मंगलबार नै ‘हाइ एलर्ट’ गराएको थियो । प्रशासनको एलर्टपछि कतिपय सर्वसाधारण राति नै उदयपुरको रामपुर आएका थिए ।
बाढीबाट अहिलेसम्म कुनै पनि मानविय क्षति भएको सूचना नआएको प्रहरीले जनाएको छ । भौतिक संरचाना क्षति पुगे पनि मानविय क्षति रोक्न सकेको प्रशासनको भनाइ छ ।
प्रशासनका अनुसार सप्तकोसीमा पानीको सतह बढेपछि आवश्यकता ब्यारेजको ढोका नखोल्दा बाँध फुटेको हो । अहिले सप्तकोशीको जम्मा ३४ वटा ढोका खुलेका छन् । पानीको सतहअनुसार कम्तीमा पनि ४२ वटा खुल्ने पर्ने थियो ।
०४५ सालसम्म सप्तकोसी अहिले बाँध फुटेकै ठाउँबाट बग्ने गर्थ्यो । पूर्वी पहाडी भेगमा अझै निरन्तर पानी परिरहेकाले तल्लो भागमा जोखिम घटेको छैन ।
यसैबीच प्रदेश १ का आन्तरिक मामला मत्री केदार कार्की, भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की, सुनसरी, मोरङ, उदयपुर र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार