यसरी ठग्छ, मानव कल्याण बचत तथा ऋण सहकारी संस्थाले, निक्षेपकर्ता पनि मारमा
नेपालबहस संवाददाता
साउन २१, २०७९ शनिबार २१:५८:३२
२१ साउन, काठमाडौं । डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता कायम रहेको मानव कल्याण बचत तथा ऋण सहकारी संस्ठा लि।ले जनताको निक्षेप दुरुपयोग गर्दै ऋणीहरुलाई ठगी गरेको प्रमाण भेटिएको छ ।
दर्ता नम्बर १८८७/०६५/०६६ कामपा वडा नं.३१ शान्तिनगरमा रहेको यो सहकारीले गरेको कर्जा प्रवाहमा पासवुक हराएको भन्दै ऋणीलाई तीन गुणा रकम तिर्न आदेश दिएको सुचना हामीलाई प्राप्त भएको छ । यो सहकारी ऐन विपरितको कार्य हो । सहकारी ऐन २०४८ विपरित उक्त मानव कल्याण सहकारीले कर्जाको तीन दोब्बर रकम जम्मा गर्दा झन बढी कर्जा (ऋण) देखाएको छ । यो प्रचलित कानुन र सहकारी ऐन २०४८ विपरितको कार्य हो ।
सरकारको फितलो अनुगमन र घुषखोरीकै कारण सर्वसाधारण निक्षेपकर्ताहरु सहकारीबाट ठगिदै आएका छन् । राजनीतिक दल, तिनका भातृसंस्था र सरकारमा रहेका उच्च पदस्थ अधिकारीहरुले गतल कार्य गर्ने यस्ताखाले वित्तीय संस्थालाई संरक्षण गरेको उदाहरण थूप्रै छन् । गृह मन्त्रालय ,गृहमन्त्री,गृहसचिव लगालयतका उच्च पदस्था पदाधिकारीहरु पनि सरकारीमा संलग्न रहेको बिना अनुमति सामाजिक सञ्जालमा फोटो र नाम सार्वजनिक गर्दै अधिकांश सहकारी संस्थाले निक्षेपकर्ता र ऋणीहरुलाई ठग्दै आएका छन् । नेपालबहससँग त्यो प्रमाण सुरक्षित छ ।
समाचार अनुसार ऋण खाता नं.२९०३ मानव कल्याण,बचत तथा ऋण सहकारी संस्था लि.बाट विवश ढुङ्गानाले जग्गा धितो राखेर १० लाख कर्जा निकाले । तर उनको हातमा ९ लाख मात्र प¥यो । ढुङ्गानाले गत ०७७ साल फागुन १९ मा १० लाख ऋण लिएका थिए । उनको ऋण चुक्ता मिति २०७८/११/१८ रहेको थियो । वार्षिक ब्याजदर १६ प्रतिशतमा ढुङ्गानाले उक्त ऋण लिएका थिए । ऋणी ढुङ्गानाले कोभिड निषेद्याज्ञा आगाडि ५ लाख भुक्तानी पनि गरे ।
त्यसपछि उक्त सहकारीका सञ्चालकहरुले पासवुक हराएको भन्ने बहाना बनाएर ऋृणीलाई नै कारोवार देखाउन मानेनन् । निषेद्याज्ञामा पनि उनलाइृ कुनै छुट दिइएन । १० लाखमा ५ लाख ऋण चुक्ता गरेपछि पनि उल्टै मानव कल्याण सहकारीले ऋृणी ढुङ्गानाले सरकारीलाई १५ लाख ३३ हजार तिर्नुपर्ने भन्दै ऋणको भार बोकायो ।
त्यसपछि पनि उनले थप ९ लाख ऋण भुक्तानी गरेर खाता नवीकरण गर्न जाँदा अझै १२ लाख कर्जाको कागज बनाउन खोज्यो । तर ऋणीले त्यो सहकारीको ठगीधन्दामा सर्मथन जनाएनन् । वर्तमान ऐन, कानुन बमोजिम न्यायको खोजीमा लाग्ने निर्णय गरेको ढुङ्गानाले नेपालबहसलाई बताए ।
त्यसैगरी शशिकान्त चौधरीले बिना धितो उक्त मानव कल्याण सहकारीबाट ५ लाख ऋण लिए । ५ लाख ऋण निकालेकोमा चौधरीको हातमा ४ लाख मात्रै प¥यो । चौधरीलाई पनि त्यसै गरी ठगियो । २ लाख कर्जा (ऋण) चुक्ता गरेर पासवुक नवीकरण गर्न जाँदा थप ७ लाख ६५ हजार ऋण बनाएर नवीकरण गर्न बाध्य पारिएको उनले नेपालबहसलाई बताए ।
चौधरीले त्यसभन्दा पहिला ४ लाख बुझाईसकेका थिए । यसरी मानव कल्याण बचत तथा ऋण सहकारी संस्थालाई ६ लाख भुक्तानी गर्दा पनि सहकारीले उल्टै सात लाख ६५ हजार ऋण चौधरीको थाप्लोमा झुण्डाएको छ । एण्टी करप्सन टीमले उक्त मानव कल्याण बचत तथा ऋण सहकारी संस्थाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार