कर्णालीले गर्यो १६ किलोमिटर सडक कालोपत्रे, काम सन्तोषजनक नभएको गुनासाे
नेपालबहस संवाददाता
साउन २०, २०७९ शुक्रबार १२:३६:२
♦ हेमन्त केसी
२० साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्र गरेको प्रगती विवरण सार्वजानिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो कुरा सार्वजनिक गरिएको छ ।
प्रदेशका सबै मन्त्रालयहरुको प्रगति सुनाउने क्रम्मा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पीच गरेको प्रगती समीक्षामा तथ्यांक सार्वजानिक गरेको थियो । त्यस्तै ग्रावेल ११३ किलोमिटर , नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ ।
त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ । आर्थिक वर्ष २०७८–७९ को बार्षिक प्रगती विवरण सबै मन्त्रालयले तथा प्रदेश स्तरका कार्यालयले सार्वजानिक गरिरहेका छन् । प्रगती विवरणमा सबै भन्दा राम्रो विकट जिल्ला डोल्पामा रहेको पाइएको छ ।
सुगम जिल्लामा काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रश्न समेत गरेका थिए । मुख्यमन्त्री शाहीले कर्मचारीको काम गर्ने स्प्रीड सन्तोषजनक नभएको भन्दै यो आर्थिक वर्षमा त्यस्ता गल्ती नदोर्याउन समेत आग्रह गरेका थिए ।
सबै भन्दा ठूलो बजेटको हिस्सा भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कर्णालीमा सडक, पुल, जनता आवास, यातायात कार्यालय लगाएतका ठूला विकासका काम गर्दै आएको छ ।
कर्मचारी अभावका कारण काम गर्न समस्य भएको समीक्षामा गुनासो गरिएको थियो । बेरुजुको मात्रा समेत भारी मात्रामा रहेको पाइएको छ । ५४ करोड रुपैयाँ बेरुजु रहेको सो कार्यक्रममा जानकारी गराएको छ ।
यो वर्षमा अधुरा योजनाहरु पुरा गर्नका लागि अधिकांश बजेट खर्चिएका कारण परिणाम देखिने कर्णाली सरकारको दावी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार