नारायणी नदी कटानका पीडित: पानी जहाज कुदाउने योजना बनिरहँदा, नदी पीडितका लागि योजना बन्दैनन्
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार २३:४१:५२
♦ दीपक शर्मा
२४ साउन, पुर्व नवलपरासी । सुगम पोख्रेलले गाएको एउटा गीत छ “फेरी त्यो दिन सम्झन म चाहन्न, त्यही कथा म दोहोर्याउन चाहन्न ……” यो गीत मायाप्रेमसँग सम्बन्धित भएपनि पुर्वी नवलपरासीका केही नागरिकका लागि आफनै कथा जस्तो लाग्छ । उनीहरु नारायणी नदीले दिएको पीडा फेरी सम्झन र सुन्न चाहन्नन् ।
एक वर्षमा बाह् महिना, ६ वटा ऋतु बर्षेनि आइरहने यी ऋतुहरु मध्ये पुर्वी नवलपरासी जिल्लाका नागरिकका लागि ग्रीष्म र वर्षा ऋतु नआइदिए हुन्थ्याे भन्ने सधैं लागिरहन्छ । तर विडम्बना वर्षेनि आउने पीडाले मन दुखिरहन्छ ।
पुर्वमा बाग्मती प्रदेशको चितवनसँग सीमा जोडिएको गन्डकी प्रदेशमा रहेको पुर्वी नवलपरासी जिल्लाका चारवटा नगरपालिकाकामा बसोबास गर्ने नागरिकलाई ग्रीष्म र वर्षा ऋतु नआईदिएमा सधैं चयनको सास लिएर गरिखान र दुई दिनको जिन्दगी निर्वाह गर्न सहज हुने बताउँछन ।
नवलपरासी जिल्लाका ४ वटा पालिकाहरू कावासोती नगरपालिका, गैडाकोट नगरपालिका, देउतुली नगरपालिका र मध्यविन्दु नगरपालिकाका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई ग्रीष्म र वर्षा ऋतुले बर्षेनि रुबाउने गर्दछ, अनि त्यही आशुलाई नारायणी नदीले आफुसँगै लिएर जाने गर्दछ ।
बर्षेनि आउने नारायणी नदीको बाढीले खेतीयोग्य जमिन मात्र होइन, मानिसको उठीबास समेत लगाउने गर्दछ । आफनो घरगोठ मात्र होइन, खेतबारीसमेत नारायणी नदीले कटान गरेपछि कोही आफन्तको घरमा बसिरहेका छन भने कोही भारत गएका छन त कोही बचेखुचेको जमिनमा बस्दै मेरो घर जग्गा नारायणी नदीको बीच भागमा छ भन्दै नारायणी नदीको डिलमा बसेर नदीले कटान गरेको इतिहास सुनाउँछन ।
मध्यविन्दु नगरपालिका वार्ड न ३ का ६५ वर्षिय धनपति बोहरा नारायणी नदीमा पटकपटक आएको बाढीले हजारौं खेतीयोग्य जमिन बगाएको बताए । ६ बिगाहा जमिनका धनी रहेका धनपनि बोहरा क्षेत्रीसँग अहिले मुस्किलले ४ कठ्ठा जमिन होला अनि नदीको छेउमै घर छ नदीको बीचभागमा रहेको जमिनको राजश्व अहिले पनि तिर्दै आएका छन् । दुइ छोरालाई ऋण गरी विदेश पठाएपछि त्यतैबाट जिन्दगी चलिरहेको उनले बताए ।
घरदेखि मुस्किलले २० मिटरको दुरीमा रहेको नारायणी नदीले कतिखेर घरबार बगाउने हो चिन्तै चिन्ताले राती पनि निद्रा पर्न छोडेको उनको भनाई छ । नारायणी नदीको ठुलो भाग चौडाई पनि उत्तिकै गहिरो पनि, नदीको पारी पट्टी चितवन राष्ट्रिय निकुञ्जको ठुलो जंगल वारीतर्फ नवलपरासी जिल्लाका चार वटा ती नगरपालिका जसले वर्षेनि आउने बाढीबाट क्षति बेहोरी रहनु परेको छ ।
नदीले अहिलेसम्म हजारौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ । यसरी बगरमा परिणत भएको जमिनमा नारायणी नदी निरन्तर बगिरहको छ । नदीलाई त्यतिले मात्र पुगेन, अझैं पनि बर्षेनि कटान गरिरहेको छ जसका कारण सयौं मानिसको घरवार बगिसक्यो अझै कतिको बग्नेवाला छ । त्यही नदीलाई हेर्दै ग्रीष्म र वर्षा ऋतु नआइदिए हुन्थो भन्ने लाग्छ र मनमा यही कुरा खेलाउँदा खेलाउँदै कतिको मृत्यु भयो, कति भने केही राहत पाइन्छ की भनेर स्थानीय तहदेखि प्रदेश हुँदै केन्दसम्म धाएका छन तर उपलव्धि आश्वासन बाहेक अरु केही हात लाग्न सकेको छैन । नदीको बीच भागमा आफनो जमिन रहेको थियो बाढीका कारण गाउँनै विस्थापित भएको मध्यविन्दु नगरपालिका २ का स्थानीयबासी नारायणप्रसाद खनितले बताए ।
नाटयकार वालकृष्ण समले “दुखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दु:ख दे” भने झैं भएको छ त्यस क्षेत्रका नागरिकलाई । बर्षेनि बाढीले जमिन कटान गरि घरबारविहिन बनाउने कार्यले मात्र नपुगेर रातीको समयमा चितवन निकुञ्जबाट गैडा लगायतका जनावर वारी आएर शरद,शिशिर तथा वसन्त ऋतुमा लगाइएका बालीनाली पनि नष्ट गरिदिने गरेको छ ।
त्यसो त नदीले बर्षेनि गर्ने कटान न्युनीकरण गर्नका लागि तटबन्ध पनि बनाइएको छ तर नदीको गहिराई, नदीको बहावलाई मध्यनजर नगरिकनै हचुवाका तालले गरिने तटबन्धले क्षति न्युनीकरण गर्न सकिरहेको छैन । नदीबाट हुने क्षति न्युनीकरण गर्नका लागि बनाइएका तटबन्ध प्रभावकारी बन्न नसक्दा वर्षेनि आउने बाढीले पुर्याउने क्षतिमा कुनै कमी नभएको कावासोती नगरपालिकाका बासिन्दा हुमबहादुर साढुले बताए ।
नारायणी नदीको कारण आफुहरु विस्थापित भएको विगत २६ देखि २७ वर्ष भैसकेको छ अहिलेसम्म कही कतैबाट सम्वोधन भएको छैन । त्यसो त चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा एक कठ्ठा जमिनलाई एक लाख रुपैयाँसम्म दिने गर्दछ, त्यो पनि एक वर्षमा एकजनालाई । यसले जमिनको सही मुल्य नपाएको हजारौं विगाह जमिन नदीले वगर बनाएपछि त्यो राहत तथा क्षतिपुर्ति पाउन वर्षौ कुर्नुपर्ने अवस्था छ, त्यो पनि एक कठ्ठाको मात्र दिने गर्दछ यसले बाढीपीडितलाई हेर्ने दुष्टिकोण नै फरक भएको उनीहरुको बुझाई रहेको छ ।
नदीले कटान गर्दै उत्तर तिर आइरहेको हुँदा नदीलाई पुरानै स्थानमा फर्काउन सके नदीमा रहेका आफनो जमिन उपभोग गर्न पाउने थिए तर यस विषयमा कसैले ध्यान दिएको पाइदैन । नदीमा पानी जहाज कुदाउने योजना बनिरहँदा नदीले पीडित बनाएका बाढीपीडितहरुका लागि कुनै योजना नबन्नु आफैंमा पीडादायी भएको छ । बर्षेनि आउने बाढीले त्रास कायमै राखेको पुर्वी नवलपरासीका लाखौं नागरिकका लागि सरकारले उचित व्यवस्थापन गर्न र पानी जहाज मात्र कुदाउने नभई पीडित नागरिकका लागि योजना ल्याउन जरुरी देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार