बज्रबाराही चापागाँउ अस्पताललाई भवन अभाव
नेपालबहस संवाददाता
साउन २५, २०७९ बुधबार २०:३०:२
२५ साउन, ललितपुर । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा व्यवस्थित भवनको अभाव रहेको छ । अस्पतालमा आवश्यकता अनुसारका आधुनिक भवन नहुँदा विभिन्न सेवा तथा सुविधाको लागि अप्ठयारो परेको छ ।
“राम्रो भवन नभएकाले दिइनुपर्ने जति उपचार सेवा दिन सकिरहेका छैनौँ”, अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले बताए । उनले भने, “हामीले व्यवस्थित भौतिक संरचना अभावका कारण कयौँ उपचार सेवा सुरुआतनै गर्न पाएनाैँ । भवन राम्रो भए प्रसूति तर्फ शल्यक्रियाको सेवा दिने थियौँ ।” हालसम्म सो अस्पतालले शल्यक्रियारहित प्रसूति सेवा दिँदै आइरहेको दर्नालले जानकारी गराए ।
“आधुनिक भवन बनाउन सरकारसँग दश करोड मागेकोमा दुई करोड पाउने आश्वासन पाएका छाैँ । सो रकम भएपनि शल्यक्रिया सेवा दिन सक्थ्यौ”, उनले थपे ।” अस्पतालमा भिडियो एक्स–रे सेवा भए पनि समय अनुसारको अझै आधुनिक उपकरणको आवश्यकता महसुस गरिएको जनस्वास्थ्य निरीक्षक सुद्रर्शन बजगाईंले बताए । उनले भने,“अस्पतालमा थाइराइड परीक्षण गर्ने प्रविधिको समेत अभाव छ ।”
उक्त अस्पताल कहिले स्थानीय त कहिले प्रदेश सरकार मातहत चल्ने भन्ने अन्यौलले उपचार सुविधा दिन कठिनाइ भईरहेको बजगाईंको बुझाइ छ । सो अस्पताल हाल वाग्मती प्रदेश सरकार मातहतको रहँदा अस्पताललाई चाँहिने जस्तो उपयुक्त भवन नरहेका कारण बाल तथा स्त्रीरोगसम्बन्धी सेवालाई प्रभावकारी बनाउन नसकेको प्रशासन शाखा प्रमुख हीराबहादुर कार्कीले बताए ।
उनले भने, “ भवनसँगै चिकित्सकको पनि अभाव छ ।” अस्पताल अहिले १५ शैयाको । साथै २५ शैयाको स्वीकृत पाइसकेको र पछि पुनः एक सयसम्मको हुने योजनामा अघि बढिरहेको कार्कीले जानकारी गराए । चापागाउँ अस्पतालले बहिरङ्ग, २४औँ घण्टे विभिन्न आकस्मिक तथा परिवार नियोजन सेवा, रगत र कोरोना परीक्षण, क्षयरोग सम्बन्धित खकार जाँच, एक्स–रे एवं भिडियो एक्स–रे हुँदै दुई एम्बुलेन्समार्फत बिरामीलाई सेवा दिइरहेको दर्नालको भनाइ छ ।
विगतमा ‘बज्रबाराही सामुदायिक अस्पताल’ को नामले संचालन भएको सो अस्पताल हाल भने ‘बज्रबाराही चाँपागाउँ अस्पताल’ को नामले उपचार सेवा दिइरहेको छ । सो अस्पतालमा गोदावरी, दक्षिण ललितपुरका वाग्मती तथा कोञ्ज्योसोम र महांकाल गाउँपालिकाका हुँदै मकवानपुरवासी समेत सेवा लिन आउने गरेका बजगाईँले सुनाए । अस्पतालमा कोभिड परीक्षण गर्ने पिसिआर प्रयोगशालासहित अक्सिजन उत्पादन गर्ने प्लान्टकोसमेत व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा
कात्तिक १६, २०८१ शुक्रबार
बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह
कात्तिक ११, २०८१ आइतबार
थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार