तीन वर्षमा रोल्पाबाट ७८ महिलासहित बालबालिका हराए
नेपालबहस संवाददाता
साउन २५, २०७९ बुधबार २२:६:१६
२५ साउन, रोल्पा । बितेको तीन वर्षमा रोल्पा जिल्लाबाट महिला र बालबालिका गरी ७८ जना हराएका छन् । हराउनेमा १८ बालबालिका र ६० महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ४२ महिला र १८ बालबालिका फेला परेका छन् भने अझै एक ज्येष्ठ नागरिकसहित १८ जना हराइरहेका छन ।
जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २६ महिला, चार बालबालिका हराएका थिए । यसरी हराएका महिला बालबालिकामध्ये २६ जना मात्रै फेला परे ।
सो वर्ष हराएका चारजना भेटिएनन् । आर्थिक वर्ष २०७७/७९ मा हराएका ४८ जनामध्ये ३४ जना फेला परे भने १४ जना फेला पर्न सकेनन् । अघिल्लो आर्थिक वर्षमा ३५ महिला, बालबालिका हराए । यसरी हराएकामध्ये २९ जना मात्रै फेला परे । बाँकी ६ जना अझै फेला पर्न सकेका छैनन् ।
हराएकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी कार्य गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज जितु बुढाथोकीले बताए । “हुलियाकै आधारमा प्रहरीले हराएकालाई फेला पार्ने गरेको छ”, बुढाथोकीले भने । हराएकामध्ये ठूलो सङ्ख्याका महिला तथा बालबालिकालाई प्रहरीले काठमाडौका इँटा भट्टामा फेला पार्ने गरेको छ । इँटाभट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकांश महिला, बालबालिकाका परिवारलाई जानकारी नदिइ भाग्ने गरेको पाइन्छ ।
राम्रो लाउने, मीठो खाने लहडमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिइ भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ । हराएको भनेर उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने आफै घर फर्किसकेका छन् । अभिभावकले दिएको हुलियाको आधारमा प्रहरीद्वारा खोजतालास गर्दा र आफै घर फर्केकासमेत प्रहरीले जानकारी दिएको छ ।
घरका सदस्यले मादकपदार्थ सेवनले हुने पारिवारिक बेमेलले गर्दा महिलालाई घर छाड्न बाध्य हुने गरेको पाइएको माहिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष तीर्था आचार्यले बताए । आफुखुसी हिँडेका महिला तथा बालबालिका देशका विभिन्न इँटा भट्टा, होटेल तथा भारतका विभिन्न स्थानमा रोजगारीमा संलग्न हुने गरेको समेत उनले बताए ।
खोजतलासका लागि भन्दै बारम्बार जिल्ला प्रहरी कार्यालय धाउँदासमेत उनीहरुको आर्थिक व्यवस्थापन चुनौती पूर्ण बन्ने गरेको बताइन्छ । घरको आर्थिक अवस्था कमजोर हुने नै यसरी हराउने गरेका कारण खोजतलासका लागिसमेत आर्थिक व्यवस्थापन गर्नुपर्दा थप आर्थिक भार थपिने गरेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार