हिलाम्य सडकको दुर्दशा : गाडी तान्न जिपसँगै डोजर दौडाउनुपर्ने
नेपालबहस संवाददाता
साउन २६, २०७९ बिहिबार १७:४०:४६
♦ सीपी लोहिया
२६ साउन, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु गरिएको सडक कालोपत्रे काम अहिलेसम्म सम्पन्न गर्न चासो दिइएको छ्र्रैन । समयमै सम्पन्न नहुँदा वर्षातको समयमा यात्रा गर्न असहज भएको छ ।
हिलाम्य सडकको ठाउँठाउँमा पहिरो गएकाले यातायात व्यवसायीले जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको जिप चालक तिलक धामीले बताए । उनले भने, ‘कालोपत्रे भए एक घण्टाभित्रै पुगिनेमा अहिले करिब चार घण्टा लाग्छ । एक दुईपटक आवतजावत गर्दा गाडीका पाटपुर्जाहरू खराब हुन्छन् । करिब दर्जन ठाउँमा पहिरो गइरहन्छ । सडक गुणस्तरीय नभएकाले भाडासमेत बढी लिनुपर्ने बाध्यता छ ।’
जय पृथ्वी राजमार्गको ढोल्यामोडदेखि पुर्चौडी हाटसम्म १९ किलोमिटर सडक कालोपत्रे गर्न कामको अधुरै रहेको हो । ‘तीन वर्षअघि काम सुरु गरेको ठेकेदारका मान्छे वर्षमा एक महिना मात्रै सडकमा देखिन्छन् । काम भएको छैन । स्थानीय मजदुरलाई काम गराएको पैसा दिएको छैन । हाम्रो ठाउँमा विकास हुने भन्दै सामुदायिक वनबाट गिट्टी बालुवा निःशुल्क प्रयोग गर्न दिने निर्णयसमेत गरेर ठेकेदारलाई सहयोग ग¥यौँ । तर, ठेकेदारको अत्तोपत्तो छैन,’ ढोल्यामोडका शैलेन्द्र धानुकले भने ।
यात्रुहरूले अहिले ढोल्यामोडदेखि पुर्चौडी हाटसम्म १९ किलोमिटरको भाडा ५०० रुपैयाँ तिर्नु परिरहेको छ । वर्षा नभएको समयमा बस सञ्चालन हुने यस सडकमा वर्षामा ४ ह्वील ड्राइभ जिप मात्रै चलिरहेकाछन् । पानी परेको दिन भने ठाउँठाउँमा पहिरो जाने भएकाले पहिरो पन्छाउन जिपसँगै डोजर दौडाउनुपर्ने अवस्था छ ।
वर्षातको समयमा पहिरो जाने ठाउँका लागि एउटा डोजर भाडामा लिएर सडकमै खडा राखेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले बताए ।
उनले भने, ‘ठेकेदारको लापरबाहीले सडकको हालत बिग्रिएको हो । ठेकेदार सम्पर्कमा समेत छैनन् । किन अलपत्र छाडेको हो केही बुझ्न सकिएको छैन । अहिले गाडीको पछिपछि डोजर दौडाउनुपर्ने बाध्यता छ ।’
कालोपत्रेको काम सुरु गरेर अधुरो छाडेको ठेकेदारले केही ठाउँमा नाली निर्माण र केही ठाउँमा पर्खाल लगाएर छाडेको छ । तर, ठाउँठाउँमा पहिरो खस्ने भएकाले पहिरोमा दैनिक गाडीहरू फस्ने गरेकाछन् ।
ढोल्यामोड–पुर्चौडी सडक कालोपत्रे गर्न ग्वाल्लेक निर्माण सेवाले ठेक्का पाएकोमा निर्माण व्यवसायी दानसिंह रावललाई पेटी ठेकेदार ९सब कन्डक्टर०को रुपमा काम दिइएको हो । रावलले वर्षातका कारण काम अवरुद्ध भएको बताए ।
उनले भने, ‘अहिले वर्षातमा काम अवरुद्ध छ । बर्षापछि काम गर्नेछौँ । मेसिनहरू सम्बन्धित् ठाउँमै छन् । आगामी असार मसान्तसम्मको म्याद छ, समयामै काम सक्छौँ ।’ सब कन्डक्टरमार्फत काम गराइरहेका ग्वाल्लेक निर्माण सेवाका सञ्चालक सुरेश चन्दले काम केही दिनमै अघि बढ्ने बताए ।
यता पूर्वाधार विकास कार्यालयले भने उक्त सडकका ठेकेदारले अन्यत्र पनि काम गरिरहेकाले काम अवरुद्ध भएको जनाएको छ । कार्यालयका प्राविधिक नरेश भुलले भने, ‘त्यही ठेकेदारले हाम्रै कार्यालयको काम मेलौलीमा पनि गरिरहेकाले उताको काम सकेपछि पुर्चौडीमा काम गर्नुहुन्छ ।’ १७ करोडको लागतमा केही कामहरू सम्पन्न भइसकेको भुलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
टीकापुर क्षेत्रमा चिसो बढेपछि दाउरा वितरण
पुष १९, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार