सुनील शेट्ठी सुपरस्टार हुन नसक्नुको कारण के हो ?
नेपालबहस संवाददाता
साउन २६, २०७९ बिहिबार २१:१४:१०
२६ साउन, मुम्बई । बलिउडको लोकप्रिय अभिनेताको नाम लिने हो भने सुनील शेट्ठी छुट्दैनन् । उनले आफ्नो करियरमा कैयौं फिल्ममा काम गरे, जुन फिल्मलाई दर्शकले उति नै मन पराए । तर पनि उनी बलिउडमा सुपरस्टार हुन सकेनन् ।
उनीसँगै काम गरेका अजय देवगन, अक्षय कुमार र सलमान खानसहितका कलाकारले सुपरस्टारको स्टारडम हासिल गरिसकेका छन् । यसको अर्थ यो होइन कि सुनीलले कम मेहनत गरे । तर सुनीलले करियरमा केही गल्ती गरे, जसकारण उनी सुपरस्टारको सूचीमा समेटिन सकेनन् । उनी सुपरस्टार हुन नसकेका पाँच गल्ती यहाँ उल्लेख छः
करियरमा फोकस नगर्नु
सुनीलले सन् १९९२ मा रिलिज फिल्म ‘बलवान’बाट आफ्नो करियरको सुरुवात गरेका थिए । उनको यो फिल्मले व्यापार राम्रो नगरे पनि उनको अभिनयको राम्रो तारिफ भएको थियो । त्यसपछि उनले ‘मोहरा’ र ‘दिलवाले’ जस्ता हिट फिल्ममा अभिनय गरे । यसपछि उनले कैयौं फिल्ममा काम गरे र आफूलाई एक्सन हिरोका रुपमा बलिउडमा स्थापित गरे । तर उनले विस्तारै विस्तारै आफ्नो करियरमा फोकस गर्न छाडे । यसको कारण उनी व्यापार व्यवसायमा लागे र फिल्मतिर कममात्र ध्यान दिन थाले ।
टाइपकास्ट भूमिका
उनले आफ्नो करियरमा ‘सुरक्षा’, ‘टक्कर’, ‘रक्षक’, ‘सपूत’ जस्ता फिल्ममा एक्सन देखाए । उनले हरेक फिल्ममा आफ्नो छविलाई एक्सनमा ढाले । एकै किसिमको भूमिकामा देखिन थालेपछि दर्शकले उनीतिर बढी ध्यान दिन सकेनन् । अर्थात् टाइपकास्ट भूमिकाले उनको करियरमा धक्का पुग्यो ।
सहायक भूमिका
उनले प्रमुख भूमिकासँगै केही फिल्ममा सहायक भूमिकामा पनि अभिनय गरे । ‘मोहरा’ र ‘दिलवाले’ जस्ता सुपरहिट फिल्ममा उनी सहायक भूमिकामा देखिए । उनले सहायक भूमिकामा अभिनय गर्नु आफ्नो लागि गलत ठानेनन् । यही कारण पनि उनी सुपरस्टारको दौडबाट बाहिरिनु पर्यो ।
मार्केटिङको अभाव
सुनीलले आफ्नो समयमा अजय, सलमान र अक्षयको जस्तो आफ्नो मार्केटिङ गरेनन् । यही कारण उनी प्रमुख भूमिकामा फिल्ममा काम कम पाउन थाले । उनको लोकप्रियतामा कमी त थिएन, तर प्रमुख भूमिकामा उनलाई फिल्ममा लिन निर्माता नै डराउन थाले ।
दोस्तीका लागि फिल्म
बलिउडमा स्टारको दोस्तीलाई प्राथमिकता दिइन्छ । सुनील पनि ती कलाकारमा पर्छन्, जसको राम्रा साथी बलिउडमा छन् । उनले कतिपय फिल्म साथीकै लागि गरे । तर ती फिल्मले उनको करियरलाई उल्लेख्य उठान गरेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार