रुकुम पूर्वमा प्रहरीको गाडी पल्टिँदा दुई डीएसपीसहित पाँच घाइते, घाइतेको उद्धारका लागि हेलिकप्टर जाँदै
नेपालबहस संवाददाता
साउन २८, २०७९ शनिबार २०:१७:५८
२८ साउन, रुकुम ‘पूर्व’ । रुकुम ‘पूर्व’ मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् ।
घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् ।
सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो ।
गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए ।
घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार