जनशक्ति अभावमा दुई करोड भन्दा बढीका उपकरणहरु प्रयोगविहीन
नेपालबहस संवाददाता
साउन २८, २०७९ शनिबार २०:४०:४८
२८ साउन, जलेश्वर । महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको दुई करोड ५५ लाखभन्दा बढीका उपकरणहरु प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आईसीयु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो ।
दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि दुई करोड ५५ लाख ५२ हजारको लागतमा पाँच थान भेन्टिलेटर, थप शय्या, मोनिटर, इकोलगायत आईसीयु सेटका उपकरण खरिद गरेर ५० शय्या बनाइएको थियो ।
कोरोना महामारीकै बेलामा पनि भेन्टिलेटर र आईसीयु सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले अढाई करोड बढीका ती उपकरणहरु प्रयोग गर्न नसकेकामा विगत दुई वर्षदेखि नै ती सामग्रीहरु प्रयोगविहीन बनेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शतिश साहले दक्ष जनशक्ति ‘दरबन्दी’ को अभावमा कोरोना महामारीको बेलामा भेन्टिलेटर र आइसीयु सञ्चालन आएको थिएन तर अहिले प्रदेश सरकारले ५० शय्या सञ्चालन गर्न अस्थायी दरबन्दी उपलब्ध गराएकाले चाँडै विशेषज्ञ चिकित्सकहरु भर्ना गरेर ती उपकरण पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको जानकारी दिए ।
स्थानीय बासिन्दाले त्यसबेला केही नेता र तीनका कार्यकर्ताहरुलाई कमिशन र कमाईका लागि ती उपकरणहरु किनिएको आरोप लगाए । उनीहरुले जनशक्ति नै थिएन भने ती उपकरणहरु किन किनियो ? भनि प्रश्न गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार