‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगिता फाइनलमा ५१ प्रतिस्पर्धी
नेपालबहस संवाददाता
साउन २९, २०७९ आइतबार १७:३५:४७
२९ साउन, काठमाडौं । थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धी फाइनल भएका छन् ।
काठमाडौं, बुटवल र दाङमा शनिबार गरिएको अडिसनसँगै अन्तिम प्रतिस्पर्धीहरूको टुंगो लागेको हो । अन्तिम अडिसनमा काठमाडौंबाट १९, बुटवलबाट पाँच र दाङबाट दुई अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।
अडिसन पूर्वदेखि पश्चिम नेपालसम्मका प्रमुख १० जिल्लाका सहरहरूमा गरिएको थियो । यसअघि भएको अडिसनमा विराटनगरबाट तीन, लहानबाट तीन, टीकापुरबाट तीन, झुम्काबाट तीन, वीरगञ्जबाट तीन, भरतपुरबाट चार, नेपालगञ्जबाट ६ जना छनोट भएका थिए ।
अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीहरूको विशेष प्रशिक्षण कार्यक्रम भदौं पहिलो साताबाटै काठमाडौँमा सुरु गरिने आयोजक जहइन्टरटेनेमन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरीले जानकारी दिए ।
उनीहरूलाई ग्रान्ड फिनालेको केही दिन अगाडिसम्म विभिन्न विषयमा महत्वपूर्ण प्रशिक्षण दिइने छ । प्रतियोगिताका विजेताहरूले नगद, क्राउनलगायतका अन्य उपहारहरू पाउने छन् । यसपटकको ग्राण्ड फिनाले काठमाडौंँमा गर्ने आयोजकको तयारी छ ।
गत सम्पन्न तेस्रो संस्करणको ग्रान्ड फिनाले चितवनमा गरिएको थियो । यो प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् ।
त्यस्तै, २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
अवकाशबाट जोगिएका डीआईजी गणेश ठाडामगर सशस्त्रमा सर्वोत्कृष्ट ठहरिए
माघ ६, २०८१ आइतबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
पाकिस्तानमा सिंह बाघजस्ता खतरनाक जनावर घरमा पाल्न पाइने
माघ ६, २०८१ आइतबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
युद्धबिराम लागु हुनु भन्दा अगाडि इजरायलको हमला जारी
माघ ६, २०८१ आइतबार
लागु औषधसहित पाँचजना पक्राउ
माघ ६, २०८१ आइतबार
अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक
माघ ६, २०८१ आइतबार