राप्ती अस्पतालबाट प्रसूति सेवा लिनेकाे संख्या बढ्दै
नेपालबहस संवाददाता
साउन ३०, २०७९ सोमबार २१:५३:५८
♦ नारायणी रजौरे
३० साउन, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ की १८ वर्षीया सीता चौधरी गत शनिबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रसूतिका लागि भर्ना भइन् । झण्डै १० घण्टासम्म प्रसव पीडा (बेथा) भयो, सामान्य तरिकाले प्रसूति गराउन धेरै कोशिश गर्यौँ, सानै उमेरमा गर्भवती भएकाले सामान्य तरिकाले नभइ शल्यक्रिया गर्नुपर्छ की जस्तो थियो ।
तर सामान्य रुपमा भ्याकुभ अर्थात औजारको सहायताले सुत्केरी गराउन सफल भयौँ र बच्चा जन्मियो, अस्पतालको प्रसूति विभागका नर्सिङ अधिकृत रमा पराजुलीले भने, “नवजात शिशुको तौल तीन केजी रहेको र आमा तथा बच्चाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए । सीताले दुई वर्षअघि कक्षा ८ मा पढ्दापढ्दै गाउँकै आफ्नै समुदायका केटासँग प्रेम बिहे गरेका थिए ।
उनका श्रीमान् सहचालकको काम गर्छन । “घरको आर्थिक अवस्था पनि नाजुक छ, अहिले पढ्न छोडेँ उनले अस्पताल पुगेका रासस समाचारदातासँग भने, सानै उमेरमा बिहे गरेँ सुत्केरी हँदा निकै गाह्रो हुनेरहेछ अस्पतालले सुरक्षित तवरले सुत्केरी गरायो, अब ढुक्क भएँ, केही दिन अस्पतालमा राखेर घर पठाउला ।”
सोही अस्पतालमा गत शुक्रबार तुलसीपुर नगरपालिका–१४ की २३ वर्षीया आशा नेपालीले शल्यक्र्रिया गरेर छोरी जन्माईन् । प्रसूति कक्षमा आइतबार भेटिनु भएकी उनले भने, “घरको आर्थिक अवस्था नाजुक छ, चिकित्सकले बाहिर लग्नुहोस् भने तर कसरी जाने होला भन्ने चिन्ता लागेको थियो, शल्यक्रिया गरेर भए पनि आफ्नै ठाउँको अस्पतालमा बच्चा जन्माए खुसी छु ।’’
उक्त अस्पतालबाट आर्थिक २०७८÷८९ मा दुई हजार ९ सय २७ जनाले प्रसूति सेवा लिएको अस्पतालका सूचना अधिकारी भुषण सुवेदीले जानकारी दिए । चौविस जनाले जटिल र ७३ जनाले शल्यक्रिया गरेर प्रसूति सेवा लिएका थिए । सो अवधिमा २३ गर्भवतीलाई बाहिर पठाइएको थियो । विशेषगरी गर्भवती महिलामा जटिल समस्या भएमा अस्पतालमा सघन कक्ष र नवजात शिशु कक्ष व्यवस्थाको नभएकाले अन्य अस्पतालमा रिफर गरिएको उनले बताए ।
बितेको एक वर्षको अवधिमा दुई हजार ७०० गर्भवतीले नियमितरुपमा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गराएका थिए । अस्पतालमा आएर प्रसूति सेवा लिएमा यातायातबापत एक हजार र नियमित रुपमा चारपटक गर्भजाँच गराएमा रु ८०० प्रोत्सानस्वरुप भत्ता दिइने गरेको अस्पतालका निमित्त मेसु तथा स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंहले बताए । उनले त्यस अवधिमा प्रसूति सेवा लिन आउने बढेपछि ठाउँ र जनशक्तिको कमी भए पनि व्यवस्थापन गरी सेवा प्रवाह गरेका थियौँ भने ।
प्रसूति सेवा लिन आउनेमध्ये केही १८ वर्षका पनि रहेको र यसरी सानै उमेर आमा बन्ने महिलालाई बच्चा जन्माउदा समस्या हुने र शल्यक्र्रिया गर्नुपर्ने अवस्था आउने जानकारी दिँदे उनले पाठेघर खस्ने समस्या पनि बढी हुने भएकाले उमेर पुगेर मात्र बच्चा जन्माउनुपर्नेमा जोड दिए । विसं २०६५ मा जनस्तरबाट स्थापना गरिएको उक्त अस्पतालका लागि यहाँका नागरिकले निकै लामो संघर्ष गर्नाका साथै महायज्ञ आयोजना गरी रु तीन करोडभन्दा बढी रकम संकलन गरेर अस्पतालको भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले तत्कालीन तुलसीपुर हेल्थपोष्टलाई स्तरवृद्धि गरी राप्ती अञ्चल अस्पतालका रुपमा विकास गरेको थियो ।
तुलसीपुर क्षेत्रमा रहेको यो एक मात्र सरकारी अस्पताललाई दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारले स्तरवृद्धि गरी प्रदेशको मातहतमा ल्याएर राप्ती प्रादेशिक अस्पतालका रुपमा विकास गरेको हो । प्रादेशिक अस्प्तालका रुपमा विस्तार गरेसँगै त्यहाँ भौतिक पूर्वाधार निर्माण तथा स्वास्थ्य उपकरण बढी छन् तर चिकित्सक तथा कर्मचारीको संख्या कम भएकाले दरबन्दी थप गर्नुपर्ने आवश्कता रहेको अस्पताल प्रशासन शाखाले जनाएको छ ।उक्त अस्पतालमा दाङ र रोल्पा जिल्लाको पश्चिम भाग, पूर्वी रुकुम र कर्णाली प्रदेशको सल्यान जिल्लाका नागरिक सेवा लिन आउँछन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार