अन्धकारमुक्ति साकोस लुम्बिनी प्रदेशमै उत्कृष्ट
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार १८:२९:२७
१ भदौ, रामपुर। अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था यस वर्ष लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आफ्नो ३५औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशका बचत तथा ऋण सहकारीमध्ये अन्धकारमुक्तिलाई उत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
नेफ्स्कुनले असार १५ देखि साउन १५ गतेसम्म पुस्कारका लागि आवेदन आह्वान गरेको थियो । जसअनुसार लुम्बिनी प्रदेशबाट अन्धकारमुक्ति साकोस छनोट भएको छ । पुरस्कार भने नेफ्स्कुनले आगामी साधारणसभामा प्रदान गर्ने जनाएको छ ।
यस सहकारी गत वर्ष पनि लघुवित्ततर्फ उत्कृष्ट भएको थियो । विसं २०५५ मा खेतको आलीबाट सुरु भएको अन्धकारमुक्तिले हाल पाल्पा जिल्लाभर आफ्नो संजाल विस्तार गर्न सफल भएको छ । १० हजारभन्दा बढी शेयर सदस्य आबद्ध रहेको यस सहकारीको कुल पूँजी एक अर्ब ३२ करोड रहेको छ । बचत तथा ऋणको कारोबार गर्दै आएको सहकारीले लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
रामपुर नगरपालिका–७ डुम्रीगाउँमा प्रधान कार्यालय रहेको यसले हाल रामपुर–५ बेझाँड बजार, रामपुर–९ को जब्गादी, रामपुर–१० को रामटार, निस्दी–५ को ढुंगानाबेँसी र रम्भा गाउँपालिका–५ को ताहुँ सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको संस्थाका व्यवस्थापक दीपेन्द्र पौडेलले जानकारी दिए ।
यस सहकारीले सेवाग्राहीलाई दृष्टिगत गर्दै तीन सय ६५ दिन नै सेवा दिँदै आएको र लघुवित्तमार्फत धेरैले व्यापार, व्यवसाय गरेर राम्रो प्रगति गर्न सफल भएको संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
मंसिर ५, २०८१ बुधबार
जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
१९.९७ अंकले बढेर २७५८ विन्दुमा उक्लियो नेप्से, १० अर्ब ५४ करोडमाथिका शेयर किनबेच
मंसिर १७, २०८१ सोमबार
११ महिनापछि पेशी चढेको रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १७, २०८१ सोमबार
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार