अभिनेत्री ज्याकलिन फर्नान्डिज विवादमा
नेपालबहस संवाददाता
भदौ २, २०७९ बिहिबार २३:१५:३०
२ भदौ, मुम्बई । अभिनेत्री ज्याकलिन फर्नान्डिज केही समययता विवादमा तानिएकी छन् । खासगरी सुकेश चन्द्रशेखरको मनी लन्ड्रिङमा अभिनेत्रीको नाम जोडिएपछि उनीविरुद्ध प्रवर्तन निर्देशनालय ‘इडी’ ले उनलाई आरोपी बनाउँदै चार्जसिट दर्ता गर्ने अन्तिम तयारीमा छ । यही मेसोमा ज्याकलिनलाई बलिउडले नै बहिस्कार गर्ने आन्तरिक तयारी सुरु गरेको छ ।
ज्याकलिनसँग काम गरिसकेका निर्माताहरू अहिले उनीबाट विस्तारै टाढिँदै गएका छन् । ‘इडीले उनलाई आरोपी बनाएपछि उनले काम पनि विस्तारै गुमाउँदै गएकी छन् । ‘विक्रान्त रोना’ र ‘बच्चन पाण्डे’ उनको पुरानो प्रोजेक्ट हो । विवादमा मुछिएको र उनको मुद्दाको छिनोफानो नहुञ्जेलसम्म कोही पनि नयाँ निर्माता उनीसँग काम गर्ने सोचमा छैनन्’, एक निर्माताले भनेका छन् ।
आरोपीका रूपमा चार्जसिट दर्ता हुने भएपछि उनको पक्राउको सम्भावना पनि उत्तिकै बढेको छ । ती निर्माताका अनुसार अहिलेको अवस्था हेर्दा ज्याकलिन पुरानै अवस्थामा फर्कने सम्भावना अत्यन्त कम छ ।
‘यो साँच्चै दुःखको कुरा हो । उनी धेरै राम्री केटी हुन् । उनी के कारणले आफू फस्दैछिन् भन्ने पनि राम्ररी थाहा पाउन सकेकी छैनन्’, ज्याकलिनको महिला सहकर्मीले भनेकी छन्, ‘अहिलेको अवस्थामा ज्याकलिनलाई सान्त्वना दिनकै लागि भेट्न पनि असम्भव छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार