नौ वटा निर्देशिका संशोधन गर्नुपर्ने, दुई वटा स्वीकृत !
नेपालबहस संवाददाता
भदौ ३, २०७९ शुक्रबार १८:३६:४६
३ भदाै, काठमाडाैं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नौ वटा निर्देशिका तयार गर्न लागेको छ । जसमध्ये दुईवटा निर्देशिका तयार भएर स्वीकृत भइसकेका छन् । परिमार्जन/संशोधन गर्नुपर्ने नौ वटामध्ये प्रतिनिधि र प्रदेश सभा सदस्य अन्र्तगत समानुपातिक निर्वाचन निर्देशिका/कार्यविधि स्वीकृत गरेको हो ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवम् सहसचिव यज्ञप्रसाद भट्टराईले प्रतिनिधि तथा प्रदेश सभातर्फ समानुपातिक निर्वाचन निर्देशिका स्वीकृत भएको बताएका छन् ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन आगामी मङ्सिर ४ गते हुनेछ । चुनावको मिति घोषणापछि तयारीको क्रममा रहेको आयोगले निर्वाचन ऐन बमोजिमका निर्देशिका परिमार्जन/संशोधन गर्ने कार्य गर्दैछ ।
प्रत्येक मतदानकेन्द्रमा दश कर्मचारी
आयोगका अनुसार जनशक्ति व्यवस्थापन तथा आर्थिक निर्देशिकाको मस्यौदा तयार भइसकेको छ । आयोग स्रोतका अनुसार एउटा मतदान केन्द्रमा ११ जनासम्म कर्मचारी परिचालन हुनेछन् । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा नौ जना कर्मचारी नियुक्त हुनेगरी निर्देशिका संशोधन गरिएको छ ।
यसअघि स्थानीय तहको निर्वाचनमा भने महानगर, नगर र गाउँपालिकामा न्यूनत्तम चारदेखि आठ जनासम्म कर्मचारी नियुक्त गर्न पाइने व्यवस्था थियो । त्यसैगरी, प्रत्येक मतदानकेन्द्रमा एक जना स्वयंसेवकको पदसमेत थपिएको छ । यसरी एउटा मतदान केन्द्रमा दश जना कर्मचारी परिचालन हुनेछन् ।
आयोग स्रोतका अनुसार प्रत्येक मतदानकेन्द्रमा कम्तिमा एकजना मतदान अधिकृत, चार जना मतपत्र बाँड्ने कर्मचारी, एक जना नङ्गमा चिह्न अङ्कित गर्ने कर्मचारी हुनेछन् । प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने(प्रत्यक्ष) र समानुपातिक गरी दुई तथा प्रदेशतर्फ पहिलो हुने निर्वाचित हुने(प्रत्यक्ष) र समानुपातिक गरी जम्मा चार प्रकारको मतपत्र प्रयोगमा आउनेछन् । चार प्रकारको मतपत्रका लागि चार जना कर्मचारीको व्यवस्था गरिने आयोगले जनाएको छ ।स्थानीय चुनावमा भने मतपत्र बाँड्न एक कर्मचारी मात्रै राखिएको थियो ।
आयोग पदाधिकारीको बैठकले आगामी केही दिनभित्रै उक्त दुवै निर्देशिका स्वीकृत गर्नेछ । स्थानीय चुनावकोभन्दा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आवश्यक जनशक्ति थपिने हुँदा निर्देशिका संशोधन गर्न लागिएको हो । सोही बमोजिम निर्वाचन खर्च समेत बढ्ने हुँदा आयोगले आर्थिक कार्यविधि समेत परिमार्जन गर्न लागेको हो ।
त्यसैगरी, आयोगले निर्वाचन आचारसंहिता, सुरक्षा, मतगणना, मतदान निर्देशिका समेत परिमार्जन गर्न लागेको छ । आयोग स्रोतका अनुसार सुरक्षा निर्देशिकामा सेवानिवृत्त प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना राख्न पाउने व्यवस्था गरिएको छ । आयोगले गृह मन्त्रालयलाई सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन पूर्व सेना, प्रहरीलाई समेत परिचालन गर्न सकिने गरी व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।
निर्वाचन आचारसंहितालाई अन्तिमरुप दिनु अघि आयोगले राजनीतिक दलहरुसँग छलफल गर्नेछ । आचारसंहितामा परिमार्जन गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिन आयोगले भदौ ६ गते राजनीतिक दलहरुसँग छलफल गर्दैछ ।
प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई छलफलमा सहभागी हुन आयोगले पत्राचार गरेको छ ।आयोगले परिमार्जन गर्न लागेको नौ वटा निर्देशिका अतिरिक्त निर्वाचन (कसूर तथा सजाय), निर्वाचन पर्यवेक्षण र निर्वाचन अनुगमन निर्देशिका समेत प्रयोगमा आउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार