कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्त्येष्टि आजै गरिने
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार १२:३:५४
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरिको अन्त्येष्टि आजै गरिने भएको छ । घाँटीको क्यान्सरबाट ग्रसित प्रतिनिधिसभा सदस्य ७५ वर्षीय गिरिको शनिबार राति ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार गिरिको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि दुई बजेपछि पशुपति आर्यघाट लगिनेछ । नेपाली कांग्रेसले शनिबार राति नै शोक वक्तव्य जारी गरी गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी कार्यालयमा राखिने जनाएको छ ।
त्यसअघि बिहान नौ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङगणमा रहेको शिवालय मन्दिर अगाडि उहाँलाई श्रद्धाञ्जली दिने कार्यक्रम तय भएको छ ।
११ बजेर ३० मिनेटपछि उनको पार्थिव शरीरलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, सानेपामा राखिनेछ । दुई बजेपछि उनको पार्थिक शरीरलाई पशुपति आर्यघाट लगिनेछ । जहाँ अन्तिम श्रद्धाञ्जली दिइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
प्रचण्डको प्रधानमन्त्री ओलीलाई चुनौती, सक्छौ भने मैले जस्तै आफूमाथि कारबाही गरेर देखाउ
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार