सशस्त्र प्रहरीद्वारा भन्सार छलीको सामान बरामद
नेपालबहस संवाददाता
भदौ ५, २०७९ आइतबार २०:८:४८
५ भदौ, काठमाडौं । कंचनपुरको दोधाराचाँदनी नगरपालिका–३ जमुनाघारीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब एक लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लाष्टिकको कुर्सी बरामद गरेको छ । उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी देवीस्थानले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
यसैगरी पर्साको बीरगन्ज महानगरपालिका–१४ गण्डक चोकबाट ३ भदौ राति सशस्त्र प्रहरीले करिब ५९ लाख ३४ हजार सात सय ५८ रुपैयाँ बराबरको प्रज्ञापनपत्र विनाको विभिन्न सामान बरामद गरेको छ ।
बीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ७८२० नम्बरको ट्रकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जाँच गर्दा भन्सार छलीको स्टेशनरी सामान, ब्याट्री, औषधि, प्लाइ उड, एसिड फेला परेपछि उक्त सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो । बरामद सामान र ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार